Ticker

6/recent/ticker-posts

रेस्क्यू टोली अफगानिस्तान जाँदै, फर्कन चाहने नेपालीलाई स्वदेश फर्काइने

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको आत्मघाती आक्रमणमा परी ज्यान गुमाएको १२ जना नेपालीलाई स्वदेश ल्याउने तयारी थालिएको छ ।  उक्त घटनामा घाइते भएका पाँच नेपाली मध्ये दुई जनालाई भारतको दिल्लीमा ल्याएर उपचार थालिएको छ । घाइते कृष्णबहादुर देउजा र मानबहादुर थापालाई दिल्लीको अपोलो अस्पतालमा उपचार हुँदै गरेको जानकारी दिइयो।

परराष्ट्र प्रवक्ता भरतराज पौडेलका अनुसार थप घाइतेलाई ल्याउन रेस्क्यु टोली तयार अवस्थामा राखिएको छ। रेस्क्यु टोलीमा तीन जना सैनिक, दुई जना प्रहरी, वैदेशिक रोजगार विभागका एक जना प्रतिनिधि तथा गृह र परराष्ट्र मन्त्रालयका एक–एक प्रतिनिधि रहेको जानकारी उनले दिए।

ुरुट पर्मिसन पाउने बित्तिकै नेपाल एयरलाइन्सको जहाज काबुल उड्न उनले जानकारी दिए । नेपाल एयरलाइन्सको विमानमा अफगानिस्तानमा कार्यरत कुनै नेपाली फर्कन चाहे आउन सक्ने जानकारी प्रवक्ता पौडेलले जनाए ।

Post a Comment

0 Comments