Ticker

6/recent/ticker-posts

गच्छदार कुर्लिए, ‘प्रचण्डलाई सरकार फेर्नबाट मैले रोकेको हुँ’

काठमाडौं । उपप्रधानमन्त्री विजय गच्छदारले सरकार फेर्नबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले रोकेको दाबी गरेका छन् ।

कान्तिपुर दैनिकसँगको अन्तरवार्तामा मधेसी जनाधिकार फोरमका अध्यक्षसमेत रहेका गच्छदारले भनेका छन्, ‘प्रचण्डजी धेरै भावुक मान्छे हो । त्यतिबेला को कताबाट त्यस्तो (सरकार फेर्ने) कुरा आयो उहाँ झन्डै तयार भइहाल्नु भयो । तर त्यतिबेला सरकार छाड्नबाट उहाँलाई मैले रोकेको हो । यसो गर्नु पोलिटिकल ब्लन्डर हुन्छ भनेर मैले सम्झाएको हो ।’

‘पहिले प्रधानसेनापति हटाउँदा जस्तो ठूलो गल्ती भएको थियो, अब यसो गर्दा फेरि त्यस्तै गल्ती दोहोरिन्छ, यसले निकै ठूलो नोक्सानी हुनसक्छ भनेर मैले जोड दिएको हो,’ उनले भनेका छन्, ‘हठात् सरकारबाट अलग्गिने कुरा कुनै पनि दृष्टिले उचित नभएको भन्नेमा मैले ध्यानाकर्षण गराएको थिएँ ।

त्यति बेला कांग्रेसले बिना कुनै तयारी एकाएक सरकार फेर्ने काममा लागेर गल्ती गरेको हो । त्यसैले पनि त्यो अवस्था टरेर गयो ।’

Post a Comment

0 Comments