Ticker

6/recent/ticker-posts

जति डिमाण्ड बढ्यो, उत्ति धेरै काम

साम्राज्ञीलाई फलिफाप
काठमाडौं । महँगी हिरोइनको उपमा पाएकी नव नायिका साम्राज्ञी राज्य लक्ष्मी राणाले जति डिमाण्ड बढाए पनि काम भने उत्ति नै आउन थालेका छन् ।
केही समय अघि नेपाली फिल्म ड्रिम्समा देखा परेकी साम्राज्ञी फेरि चाडै नै अर्को फिल्ममा देखा पर्ने भएकी छन् । हुन त घोषणा भएको लामो समयपछि झरना थापाको चलचित्र ‘ए मेरो हजुर २’ निर्माण हुने सुरसार कसेकी हुन् । सोही फिल्मका लागि साम्राज्ञी अनुबन्धित भएकी हुन् ।

चलचित्रमा अभिनय गर्नको लागि साम्राज्ञीसंग सम्झौता भईसकेको निर्माता सुनिल कुमार थापाले बताए । साउन को १० गतेबाट फ्लोरमा जाने ‘ए मेरो हजुर २’ मा यसअघि नै नाजिर हुसेन र वुद्धी तामाङ अनुबन्धित भैसकेका छन् ।

चलचित्रमा बसन्त सापकोटाले संगीत रहने भएको छ ।सुपरहिट चलचित्र ‘ए मेरो हजुर’ लाई शिव रेग्मीले निर्देशन गरेका थिए भने ‘ए मेरो हजुर २’ लाई झरना थापाले निर्देशन गर्ने भएकीछिन् । जुन चलचित्रमा उनको डेब्यु निर्देशन हुने भएको छ । सुरुवातबाट नै चर्चामा रहेको ‘ए मेरो हजुर २’ मा कम समयमा लोकप्रियता कमाएकी साम्राज्ञीको उपस्थितीले झनै चर्चा चुलिएको छ ।

साम्राज्ञी ड्रिम्स डेब्यू हिरोईनले महंगो पारिश्रमिकमा फिल्म गर्न तयार भएको बताएकी छन् । २०६० को दशकमा बनेको फिल्म ’ए मेरो हजुर’को सिक्वेल दुई तीन बर्षदेखि नै बन्ने चर्चा चलेको थियो तर झरनाले डेब्यू निर्देशनमा आफुलाई खराउँदै कामको लागी तयार भएको बुझिएको छ ।

एस के फिल्मस् को व्यानरमा बन्ने फिल्मको अन्य कलाकारमा नाजिर हुसैन र बुद्धि तामाङ पनि तय हुँदा मुख्य अभिनेता भने तय हुन बाँकी छ ।  ’प्रेमगीत’ हिरो प्रदिप खड्कालाई लिनको लागी झरनाले गरेको प्रयास भने सफल नभएको बुझिएको छ ।
पहिलो फिल्म ‘ड्रिम्स’मा अनमोल केसीको अपोजिटमा रहँदै अनमोलको अभिनयलाई नै माथ खुवाएर एकाएक चर्चामा आएकी साम्रज्ञीलाई पछिल्लो पुस्ताको उदाउँदो नक्षत्रको रुपमा लिइएको छ ।
पति सुनिलकुमार थापा त झरना नै निर्माता रहने फिल्म श्रावणको दोश्रो हप्ता फ्लोरमा जाने छ । फिल्मलाई बर्ष २०७३ भित्रै रिलिज गरिने बताइएको छ ।

Post a Comment

0 Comments