सुनसरी । लगातारको वर्षाले सप्तकोशी नदीमा पानीको बहाव उच्च भएपछि कोशी व्यारेजमा खतराको संकेत रातो बत्ति बालिएको छ ।
बुधबार बिहान कोसी ब्यारेजमा पानीका बहाव एक लाख ७८ हजार ९ सय क्यूसेक पुगेको छ । हरेक घण्टैपिच्छे पानीको बहाव बढ्दै गएको छ। पानीको बहाव बढेसँगै ५६ वटा ढोकामध्ये २७ वटा ढोका खुल्ला गरिएको छ ।
पानीको बहाव बढने क्रम निरन्तर भएकाले गर्दा आवश्यकता अनुसार थप ढोका खोल्न सकिने स्थानीय प्रशासनले जनाएको छ।
कोशी ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार काट्ने वित्तिकै खतराको संकेत रात्तो बती बाल्ने गरिन्छ । एक लाख ५० हजार मात्र पानीको बहाव कटेमा पश्चिम तर्फ र दुई लाख काटनेवितिकै पूर्व तर्फ बालिने गरिन्छ ।
पानीको बहाव तीन लाख काटनासाथ मध्यभागमा पनि रातो बत्ती बाल्ने गरिएको छ । कोशी व्यारेजमा नौ लाख ५० हजार क्युसेक पानी भारवहन क्षमता छ । तर, व्यारेज भन्दा माथिल्लो भागमा वालुवा थुप्रिएका कारण थोरै पानीको बहावमा पनि खतरा हुने गर्छ ।

0 Comments