Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

पाकिस्तान । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा निर्माणधीन एक मस्जिद शुक्रबार भत्किँदा कम्तीमा पाँच जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यम तथा सरकारी अधिकारीले बताएका छन् । घटनामा ५५ जना घाइते भएका छन् ।

कराँचीका प्रशासक लाइका अहमदले स्थानीय मुश्लिम धर्मावलम्बीहरू उस्मा घानी मस्जिदमा जम्मा भई शुक्रबारको प्रार्थना गरिरहेका बेला एक्कासी मस्जिदको छाना खसेपछि उक्त दुःखद घटना भएको बताए ।

उनले छाना के कारण खस्न पुग्यो भन्नेबारे छानबिनपछि थाहा हुने भन्दै थप स्पष्टीकरण भने दिन अस्वीकार गरे । यद्यपि स्थानीय समाचार माध्यमले भने शुक्रबार मस्जिदको भारबहन क्षमताभन्दा बढी मानिस त्यहाँ जम्मा भई प्रार्थना गर्ने क्रममा दुर्घटना भएको थियो । कराँचीको उत्तरी नाजिमावाद इलाकामा प्रायः जम्मा हुनेभन्दा बढी मानिस रमादानको प्रार्थनामा उपस्थित भएका स्थानीय प्रत्यक्षदर्शीले बताए ।

घटनामा घाइते हुनेमा साना बालबालिका समेत परेका र उनीहरूलाई कराँचीस्थित अस्पतालमा उपचारका लागि लगिएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनापछि तत्कालै मस्जिदमा उद्धार टोली पुगी घाइतेजनलाई अस्पताल पु¥याइएको थियो । मस्जिदको भग्नावशेषभित्र अरु पनि परेको हुनसक्ने स्थानीयले बताएपछि उक्त अवरोधलाई हटाउने कार्य भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply