Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

युनिका शर्मा 
केही दिन पहिलो काठमाडौंमा तामझामसाथ पार्टी घोषणा गरेको नयाँ शक्तिले नेपाली राजनीतिक वृत्तमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । कति पयले जुन जोगी आए पनि कानै चिरको भनेर प्रतिक्रिया दिइरहेका बेला नयाँ शक्तिमा देखिएको माहोलले केही गर्ला कि भन्ने अपेक्षा लिनु स्वभाविक पनि हो ।

तर, नयाँ शक्तिको प्रतिनिधि छनोटमा विवाद देखिनुले भने यसको खिल्ली उडाएको छ । तत्कालीन एमाओवादीबाट छुटिएर नयाँशक्तिका अभियन्ता बाबुरामले पार्टी घोषणाको जतिसुकै तडक भडक गरे पनि, ठूलो संख्यामा कार्यकर्ताको सहभागिता भए पछि नयाँ शक्ति पार्टीलाई राजनीतिक विश्लेषकहरुले समेत पक्कै नियाली रहेका छन् ।

उच्च मध्यम वर्गीय, एलिट र पेशागत परिचय कमाएका व्यक्तिहरुको निकै ठूलो आकषर्ण भए पनि जनयुद्धबाट आएको रुपान्तरित पार्टी तत्कालीन एमाओवादीको दोस्रो वरियताका नेता डा. भट्टराईले किन पार्टी छोडे भन्ने कुरा पार्टीको औपचारिक घोषणा हुनु अघिसम्म रहस्यको रुपमा लिइएको थियो ।

नेपाली जनताका प्रतिनिधिमूलक प्रमुख दलहरुले विभिन्न राजनीतिक विमति हुँदा हुँदै पनि आफ्नै बलबुतोमा संविधान जारी गरेको साता नपुग्दै पूर्व प्रधानमन्त्री समेत रहेका बाबुराम भट्टराईले दल त्यागको घोषणा गरेका थिए । कतिपयले भारतसँगको निकट सम्बन्धका कारण भारतकै ईशारामा तत्कालीन एमाओवादीबाट भट्टराई बाहिरिएको भनेर आरोप लगाए । त्यहीसमयमा भारतले नेपालमाथि चर्को अघोषित नाकाबन्दी लगाउनुले पनि शंकालुहरुलाई पुष्टि गर्न थप बल पुगेको थियो ।

तत्कालीन एमाओवादीको तर्फबाट आजसम्म अध्यक्ष प्रचण्ड र भट्टराई मात्रै मूलुकको सर्वाधिक शक्तिशाली कार्यकारी पद प्रधानमन्त्री बन्ने अवसर पाएका नेता हुन् । भट्टराईले अहिले सोही पूर्व प्रधानमन्त्रीको पदीय आकर्षणलाई भरपूर उपभोग गरिरहेका छन् । शुरुमा माओवादीमै रहेका राजनीतिक विश्लेषक भनिने मुमाराम खनाल संविधान निर्माण अघिसम्म अध्यक्ष प्रचण्डको चर्कोे विरोधीको रुपमा देखिएका थिए । तर, उनीसमेत नयाँ शक्तिमा प्रवेश गर्नुले बाबुरामा विरोधीलाई समेट्न पनि माहिर छन् भन्ने पुष्टि भएको छ ।

भट्टराईले तत्कालीन एमाओवादी पार्टी फुटाउन चाहे पनि संसदमा आफ्नो पार्टीको एक तीहाई सदस्य जुटाउन नसक्दा नयाँ पार्टी खोल्नुपरेको तर्क वाम विश्लेषकहरुको छ । उनका निकट भनिएका टोपबहादुर रायमाझीदेखि प्रभु शाहसमेतले उनलाई साथ नदिएपछि चलचित्रकर्मी, एनजीओकर्मी, पूर्वकर्मचारी, खेलाडी, व्यापारी तथा सामाजिक सञ्जालको साथ लिएर पार्टी घोषणामा भीड जम्मा गर्न उनी सफल भएका हुन् ।
कतिपयले नयाँ शक्तिले के नाप्छ ? भनेर पूर्वाग्रह गरिरहेका बेला मिडियाबाजी गर्न माहिर, बौद्विक तप्काका स्वनामधन्य भट्टराईको भविष्य खासै खराब नभएको नेपालको चुनावी पद्धतिले स्पष्ट पार्दछ ।

 १८ महिनापछि हुने संसदीय चुनावमा ढ्वाङ थाप्ने भट्टराईको पार्टीले प्रत्यक्षमा कति सीट ल्याउछ भन्ने कुरा चानचुने विश्लेषणले पुग्दैन । तर यो निश्चित पनि छ कि समानुपातिक तर्फ भने यिनले प्रस्तावित ७ वटै प्रदेशबाट कमल थापाकै हाराहारीमा मत प्राप्त गर्न सक्छन् भनेर भविष्यवाणी गर्नेहरुको पनि पल्लाभारी भेटिएको छ ।

तर, आर्थिक मितव्ययिताको चर्को नारा दिएर ‘अबको निकास आर्थिक विकास’ भन्ने मूल नाराका साथ ‘पाँच स’को एजेण्डा बोकेका डा. भट्टराईले पहिलो गाँसमै आफ्नै नाराको उल्लंघन गरेको प्रतित हुन्छ । उनले आर्थिक पारदर्शिताको नमुना प्रस्तुत गरेपनि मूल धारका सबै ब्रोडसिट पत्रिका र टेलिभिजनमा समेत हप्तौ देखि महँगो विज्ञापन छापेर उनले मितव्ययिताको खिल्ली भने उडाएकै हुन् ।

बजारमा विज्ञापन निशुल्क हो वा सशुल्क हो भन्ने निक्र्यौल अझै नहुँदा उनले उठाउँदै आएको सदाचारिता र पारदर्शिताको कुरा नारामै सिमित हो भन्नेलाई थप बल पुगेको छ ।पार्टी घोषणासँगै सांगठनिक प्रतिवेदन पेश गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले नयाँ शक्तिलाई दुई वर्षभित्र मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएर देखाउने दाबी गरे ।

पहिले बल्खु र अहिलेको धुम्वाराहीको ‘सूर्यमुखी’को सबैभन्दा चर्को व्यापार भइरहेका बेला पेरिस डाँडाका लागि भने अहिलेको अवस्था ‘बेल पाके’को नियतिभन्दा फरक छैन । यता सानेपा–वृक्षको कुरा त्यस्तै छ । ‘रुख’ छ–‘फल’ छैन । चार ताराको समाजवाद् ‘टाइँ...टाइँ...फिस्..’ भइरहेका बखत एक तारे राता टोपीले कस्तो फसल उब्जाउलान् ? प्रतीक्षा भन्दा बाहेक अरु केही गर्न सक्ने अवस्था छैन ।

कोहलपुर, बाँके 
हालः काठमाडौं । 

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply