Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकस्मिक निरिक्षण गरेका छन् ।
विमानस्थलको व्यवस्थापनबारे जनगुनासो  बढ्न थालेपछि प्रधानमन्त्री निरिक्षणमा पुगेका हुन् ।

विमानस्थलको प्रतिक्षालय लगायत विभिन्न विभागहरुको निरीक्षण गरेपछि प्रधानमन्त्री ओलीले कर्मचारीहरुलाई काम चुस्तदुरुस्त निर्देशन दिएका थिए ।

उनले प्रतिक्षालय लगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘राम्रो स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउँमा भएको भीडलाई कम गर्न, शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिएका छन् ।

यस्तै विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा कडाई गर्न पनि प्रधानमन्त्रीले निर्देशन दिए ।

प्रधानमन्त्रीसँग अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत पनि रहेका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply