Ticker

6/recent/ticker-posts

निर्देशकले अचाक्ली गरेपछि चित्रांगदाले चलचित्र छाडिन्

एजेन्सी– बलिउड अभिनेत्री चित्रांगदा सिंहले फिल्म ‘बाबुमोशाय बन्दुकबाज’ एक्कासी छाडेकी छन् । केही दिन सुटिङ गरेपछि चित्रांगदाले फिल्म छाड्ने निर्णय गरेकी हुन् । अभिनेत्री चित्रांगदो सुटिङकै क्रममा एक्कासी किन फिल्म छाडिन् त ? उनको जवाफ छ, ‘मलाई जबरर्जस्त सेक्स सीन गर्न लगाइयो । त्यसैले छाडेकी हुँ ।’

समाचारमा जनाइएअनुसार ‘बाबुमोशाय बन्दुकबाज’ को एक सीनमा नवाजुद्दीन सिद्दीकी र चित्रांगदाको बेडसीन थियो । उक्त सीन शुटमा चित्रांगदा हैरान भइन् । तैपनि फिल्मका निर्देशक कुशन नन्दीलाई भने पटक्कै चित्त बुझिरहेको थिएन । निर्देशकले बेडसीनका लागि आफूलाई पटक–पटक टेक लिएपछि मलाई अपाच्य लाग्यो फिल्म छाड्ने निर्णयमा पुगे ।

बलिउडको एक वेबसाइटसँग कुरा गर्दै चित्रांगदा सिंहले भनेकी छन्, ‘त्यो समयमा मैले पेटीकोटमात्र लगाएकी थिएँ । जबरर्जस्त त्यस्तो सीन गर्न लागएपछि निर्देशकलाई समेत उनले झपारिन् र भनिन् ‘यो के गरेको ? प्लिज अति भयो’ भन्दै मैले पेटीकोट सम्हाल्ने प्रयास गरेँ । तर, निर्देशकले मलाई सुटिङ क्रियु मेम्बरका अगाडि यो के भनेको भन्दै उल्टै थर्काए । त्यसपछि मैले रुँदै फिल्म छाडेकी हुँ ।’

समाचारमा बताइएअनुसार उक्त सीनको सुटिङ राति भइरहेको थियो । जब चित्रांगदाले फिल्म छाड्ने निर्णय गरिन्, यसपछि पनि नवाजुद्दीनले उनलाई सम्झाउँने प्रयास गरेका थिए । उनीहरुबीच लामो कुराकानी पनि भएको थियो । तर, नवाजले चित्रांगदालाई सम्झाउँदा निर्देशकले उनलाई समेत ‘हिरोइन जति पनि भेटिन्छन्’ भनेका थिए । चित्रांगदाले आफूसँग नवाजले पनि इन्टिमेट सीन गर्न चाहेको बताएकी छन् । चित्रांगदाले फिल्म छाडे पनि केही इन्टिमेन्ट सीन खिचिसकिएको छ, जसमा चित्रांगदा र नवाजुद्दीनले करिब ७ सेकेन्ड किसिङ सीन दिएका छन् ।

Post a Comment

0 Comments