Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

झापा । झापोका एक विद्यालयमा अध्ययरत विद्यार्थी धमाधम वेहोस हुन थालेपछि उनीहरुका अभिभावक चिन्तित बन्न थालको छन् ।

कनकाई नगरपालिकामा पर्ने सुरुङ्गामा रहेको मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कूलका विद्यार्थीहरुमा अनौठो प्रकृतिको रोग देखा परेको हो । केही दिन यता उक्त विद्यालयका विद्यार्थी बेहोस हुन थालेका छन् ।

जसका कारण अभिभावक मात्र नभए विद्यालयका सञ्चालक समेत अचम्म मान्न थालका छन् । विद्यालयका प्रधानाध्यापक गोकुल उप्रेतीका अनुसार आइतबार कक्षा ७ मा अध्ययनरत सातजना छात्रा एकै पटक बेहोस भएका थिए भने सोमबार पनि विद्यार्थी बेहोस भएपछि विद्यालयमा तनाव सिर्जना भएको हो ।

कक्षामा अध्ययनरत रहेकै बखत विद्यार्थी बेहोस हुन थालेपछि उनीहरुलाई स्थानीय मेरिगोल्ड हस्पिटलमा पु¥याइएको थियो । हस्पिटलमा रहेका चिकित्सकले समेत रोगका कारण पत्ता लगाउन सकेनन् ।

चौध जना विद्यार्थी बेहोस भएपछि विद्यालय प्रशासन र अभिभावक निक्कै चिन्तित बनेका छन् । विद्यार्थी बेहोस हुन थालेपछि केही दिनका लागि कक्षा ७ का विद्यार्थीलाई छुट्टि दिइएको छ ।

यसअघि यस्तै प्रकृतिको रोग धादिङमा पनि देखा परेका थियो । त्यहाँ पनि अधिकांश छात्राहरु नै बेहोस भएका थिए ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply