Ticker

6/recent/ticker-posts

युरोकपमा जर्मनीको विजयी शुरुवात

काठमाडौं । विश्व विजेता जर्मनीले युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको समूह सी अन्तर्गतको आफ्नो पहिलो खेलमा युक्रेनलाई २–० ले हराउँदै जर्मनीले विजयी शुरुवात गरेको हो ।

टोनी क्रोसको उत्कृष्ट प्रदर्शन तथा खेलको सुरुवात तिरै श्कोड्रान मुस्ताफीले हेडमार्फत गोल गरेर अग्रता लिएको जर्मनीले खेलको अन्यतिर अर्को गोल गर्दै २–० ले विजयी भएको हो । मुस्ताफीले १९ औँ मिनेटमा गोल गर्दै जर्मनीलाई सुरुवाति अग्रता दिलाएका थिए ।

जर्मनीका गोलरक्षक म्यानुएल नुएरले धेरै राम्रा बचाउ गरे । इन्जुरी समयमा बास्टिएन स्वान्सटाइगरले गोल गरेका थिए । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर स्वान्सटाइगर घुँडाको चोटका कारण गएको मार्च २० देखि मैदान बाहिर थिए ।

युरोकपको पहिलो खेलमा स्वान्सटाइगर जितका लागि महत्वपूर्ण बने । जर्मनी युरोकपको सफल टिम मध्ये एक हो । उसले सन् १९७२, १९८० तथा १९९६ गरी तीन पटक उपाधि जितेको छ । त्यसयता २० वर्षको अवधिमा उपाधि जित्न सकेको छैन ।






Post a Comment

0 Comments