Ticker

6/recent/ticker-posts

रोनाल्डो भन्छन्– ‘उत्कृष्ट फुटबलर मै हुँ’

एजेन्सी । युरोकपको यात्रा थाल्नु केही अघि क्रिष्टियानो रोनाल्डोले पछिल्लो दुई दशकको उत्कृष्ट फुटबलर आफू भएको दाबी गरेका छन् । युरो कप शनिबार विहानबाट सुरु भएको छ । र, पोर्चुगलले आफ्नो पहिलो खेलमा बुधबार आइसल्याण्डको सामना गर्नेछ । यो पटक पोर्चुगलले फ्रान्समा युरो कपको उपाधि जित्न प्रयास गर्ने बताएको छ ।

इटालियन पत्रिका उनडिचीसँगको कुुराकानीमा रोनाल्डोले आफू उत्कृष्ट फुटबलर भएको दाबी गरेका छन् । उनले भने, ‘पछिल्लो २० वर्षमा म नै उत्कृष्ट खेलाडी हुन् । यो मेरो विचार मात्र होइन, रिजल्ट ले नै देखाउँछ ।’ पोर्चुगलका कप्तान रोनाल्डोका लागि युरो २००४ निकै पीडादायक रहृयो । फाइनलमा ग्रिससँग १–० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि ठूलो प्रतियोगितामा पोर्चुगलले उल्लेख सफलता हात पार्न सकेको छैन ।

क्लब फुटबलमा भने उनी लिग र च्याम्पियन्स लिग जितेका छन् । उनका चिरप्रतिद्वन्द्वी बार्सिलोनाका लिओनल मेस्सीले पनि क्लब फुटबलमा एकसेएक उपाधि जितेका छन् । र, पछिल्लो विश्वकप र कोपा अमेरिकामा मेस्सीको कप्तानीमा रहेको अर्जे्न्टिना फाइनलमा चुकेको थियो । यो पटक रोनाल्डो युरो कपमा व्यस्त रहँदा मेस्सी भने कोपा अमेरिका खेलिरहेका छन् र अर्जेन्टिना उपाधि दाबेदार हो ।

Post a Comment

0 Comments