काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको तालिवानी आक्रमणमा १४ जना नेपाली मारिएका छन् । सोमबार बिहान काबुलमा भएको आत्मघाती बिस्फोटमा परि ज्यान जाने सबै नेपाली रहेको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टी गरेको हो ।
नेपाली सुरक्षागार्ड चढेको मिनी बसमा आत्मघाती आक्रमण भएको थियो । घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा पाँच जना नेपाली र चार जना अफगानिस्तानका नागरिक रहेको त्यहाँको गृहमन्त्रालयले जनाएको छ । घाइतेलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ । हिँडेर आएको आक्रमणकारीले बसमा विस्फोट गएको हो । नेपाली सुरक्षागार्ड बोकेको बसमा बिस्फोट भएको हो । बस बाबुलको पूर्वी शहर जलालाबाद जाँदै थियो । तालिबानका प्रवक्ताले आक्रमणमा आफूहरुको हात रहेको बताएका छन् ।
अफगानिस्तानमा नेपाली दूतावास नरहेकाले पाकिस्तानको इस्लामाबादमा रहेको दूतावास मार्फत घटनाका बारेमा बुझ्ने प्रयास भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले जानकारी दिए ।

No comments: