Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । सरकारले भागबण्डाका आधारमा सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये अधिकांशमाथि आर्थिक अनियमितताको अभियोगमा अनुसन्धान भइरहको छ । उनीहरुमाथि छानबिन भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियारको अनुसन्धान पूरा नभई सरकारले उनीहरुको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । सरकारले २ महिनाअघि विभिन्न मुलुकका लागि एकैपटक २१ राजदूतको नाम सिफारिस गरेको थियो ।

कूटनीतिक नियोग, संवैधानिक तथा राजनीतिक नियुक्ति हुने विभिन्न निकायमा पदाधिकारी तथा सदस्य सिफारिस गर्दा अख्तियारको राय सुझाव लिने परम्परा छ । तर, यसपटक सो परम्परा लत्याउँदै सरकारले अनियमितता आरोप लागेका पूर्वमन्त्री तथा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई महत्वपूर्ण मुलुकहरुमा राजदूत सिफारिस गरेको भन्दै अख्तियार रुष्ट छ ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकले दलीय हैसियत अनुसार राजनीतिक भागबण्डामा राजदूत सिफारिस गरेका हुन् ।

भागबण्डामा नपरेपछि राजदूत सिफारिसप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारको विरोध गर्दै आएको छ । चीन, बेलायत, जर्मनी, वेल्जियमका लागि सिफारि भएका राजदूतहरुबारे अख्तियारले अनुसन्धान गरिरहेको छ  । आजको कारोबार दैनिकमा खबर छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply