१२ शव सहित २४ कामदार स्वदेश फर्किदै
काठमाडौं । अफगानिस्ताको काबुलमा आत्मघाती आक्रमणमा परी ज्यान गुमाएका १२ जना नेपाली, घाइते र २४ जना कामदारलाई लिएर नेपाल बायुसेवा निगमको विमान उडेको छ । विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे आइपुग्नेछ ।
विमान काठमाडौं पुग्ने समयमा प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री कमल थापा पनि विमानस्थल जाने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार उक्त विमानमा २४ नेपाली कामदार पनि घर फर्किएका छन् ।
सरकारले नेपाल फर्कन चाहने नेपालीहरुलाई सम्पर्क गर्न भनेको थियो । सोही अनुसार २४ नेपाली स्वदेश फर्किएको जनाइएको छ । काबुल आक्रमणमा घाइते भएका थप पाँच नेपालीलाई बुधबार भारतको नयाँदिल्ली लगिएको थियो ।
काबुल हमलामा ज्यान गुमाएका नेपालीहरुको शव लिनका लागि नेपाल वायु सेवा निगमको विमान आज विहान साँढे तीन बजे अफगानिस्तानको काबुल प्रस्थान गरेको थियो । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा परराष्ट्र मन्त्रालयमा मंगलबार बसेको बैठकले मृतकको शव नेपाल एयरलाइन्स मार्फत ल्याउने निर्णय गरेको थियो ।
बैठकमा पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल, गृह मन्त्रालयका प्रतिनिधि, सुरक्षा निकायका अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि लगायत सहभागी थिए ।

0 Comments