Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ ।

सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४स्३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये जलवीरेमा ठूलो पहिरो खसेको खनालले बताए ।

पहिरो पन्छाउने काम बिहानबाट शुरु भएको बताउँदै उनले पहिरो धेरै खसेकाले कम्तीमा दुई घन्टा सडक सञ्चालन गर्न समय लाग्नेसमेत बताए ।
जलवीरे नारायणगढबाट मुग्लिनतर्फ ३२ किमी दूरीमा पर्दछ । सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ ।

काटिएको भित्तो वर्षात्‌का कारण झर्ने भएकाले पटक पटक पहिरो खस्ने गरेको छ । पहिरोका कारण सडकको दुवैतर्फ गाडीको लाम लागेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply