Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

भक्तपुर। एभरेस्ट इंगलिस स्कुल मिवाछेंले आयोजना गरेको दोस्रो उपत्यकाव्यापी अन्तरविद्यालय आमन्त्रण बास्केटबल प्रतियेगिताको छात्र र छात्रा दुबैतर्फको उपाधि इन्नोभेटिभ इंगलिस स्कुल बुद्धनगरले जितेको छ । इन्नोभेटिभले शंखमुलको ज्ञान निकेतन स्कुल टीमलाई ५६३२ ले हराएर छात्रतर्फको उपाधि जितेको हो भने न्यू भिजन एकेडेमीलाई २११६ ले पाखा लगाएर छात्रातर्फको पनि उपाधि उचालेको हो ।
भक्तपुर जिल्लाका निमित्त जिल्ला शिक्षा अधिकारी गोविन्दप्रसाद सेंढाई, आयोजक एभरेस्ट इंगलिस स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र नेपाल बास्केटवल संघका उपाध्यक्ष नरेन्द्र थापाले विजयी खेलाडी र टिम एव्म प्रशिक्षकलाई शिल्ड, पदक र प्रमाणपत्र वितरण गरे ।
उपत्यकाका १४ वटा विद्यालयको २१ वटा टिमले प्रतियोगितामा भाग लिएका थिए । सहभागी टिमका खेलाडीहरुलाई एभरेस्ट इंगलिस स्कुलकी भाइस प्रिन्सिपल कमलादेवी राजभण्डारीले प्रमाणपत्र वितरण गरीन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply