Ticker

6/recent/ticker-posts

सर्वाधिक गोल कर्ताको रेकर्ड मेस्सीको नाममा


काठमाडौं । गोल मेसिनको उपमा पाएका लियोनल मेस्सीले सर्वाधिका गोल कर्ताको रेकर्ड आफ्नो नाम दर्ज गरेका छन् । अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सबैभन्दा धेरै गोलको किर्तिमान आफ्नो नाममा दर्ता गराउन मेस्सी सफल बनेका हुन् ।

जारी कोपा अमेरिकाको सेमिफाइनलमा घरेलु टोली अमेरिकाबिरुद्ध गोल गर्दै मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट उच्च गोलकर्ताको कोशेढु्रगा पार गरे । २७ बर्षीय बार्सिलोना सुपरस्टार मेस्सीले अर्जेन्टिनी राष्ट्रिय टोलीबाट १११ खेलमा ५५ गोल गरेका हुन् । साथै अर्जेन्टिनाको ओलम्पिक टोलीबाट उनले ५ खेलमा २ गोल गरेका छन् । सिनियर टोलीबाट समग्रमा उनको गोलसङ्ख्या ५७ पुगेको छ ।

यसअघि यो कीर्तिमान महान खेलाडी ग्याब्रियल बाटिस्टुटाको नाममा थियो । सन् १९९१ देखि २००२ सम्म अर्जेन्टिनाका लागि खेलेका बाटिस्टुटाले ७७ खेलमा ५६ गोल गरेका थिए ।

मेसी अर्जेन्टिनाको टोलीबाट अहिलेसम्मका सबैभन्दा युवा कप्तान समेन हुन् । सन् २०१० मा ग्रिसबिरुद्धको खेलमा उनले कप्तानीगरेका थिए । गत बर्ष जमैकाबिरुद्धको खेलसँगै उनले राष्ट्रिय टोलीबाट १०० क्याप जितेका थिए । राष्ट्रिय टोलीबाट उनले चार हृयाट्रिकसमेत गरेका छन् ।

Post a Comment

0 Comments