Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

ललितपुर ।  ललितपुरमा विस्फोट भएको हिमालयन पेट्रोकेमिकल्स प्रालिको एचपी ग्याससम्बन्धी छानबिन समितिको प्रतिवेदन आपूर्ति मन्त्रालयका कर्मचारीले नै लुकाएका छन् ।

छानबिन समितिका संयोजक तथा आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठले आइतबार आपूर्ति मन्त्रालयका सचिव श्रीधर सापकोटालाई बुझाएको प्रतिवेदन कर्मचारीकै मिलेमतोमा लुकाइएको हो ।

आपूर्तिसचिव सापकोटाले मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्दराम रेग्मीलाई, रेग्मीले आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुलप्रसाद धिताल वा निर्देशक लक्ष्मण श्रेष्ठ नै सोध्नु भन्दै प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेका छन् ।

प्रतिवेदनबारे महानिर्देशक धितालले निर्देशक श्रेष्ठलाई र श्रेष्ठले मन्त्रालयमा सोध्नु भन्ने गरेका छन् । आजको कारोबार दैनिकमा खबर छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply