Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


एजेन्सी– अमेरिकाको ओरलाण्डोमा अन्धाधुन्ध गोली प्रहार गरी ४९ जनाको हत्या गर्ने व्यक्तिले उमर इस्लामिक सैनिक भएको खुलेको छ ।

ओरल्याण्डको एक पुरुष समलिंगी रात्री क्लबमा आक्रमण गरेका उमर मतिनले प्रहरीलाई गरेको फोनको क्रममा आफूलाई इस्लामिक सैनिकको रुपमा परिभाषित गरेको खुलेको हो । उमरले आक्रमण अघि प्रहरीको आकश्मिक नम्बर ९११ मा फोन गरेका थिए ।

अमेरिकाको संघीय जाँच आयोग एफबिआइएले उमर र  प्रहरीबिचको टेलिफोन वार्ता सार्वजनिक गरेको छ । उमरले आक्रमण सुरु भएको ३० मिनेट भित्रमा चार पटक प्रहरीको आकश्मिक नम्बरमा फोन गरेको एफबिआइले उल्लेख गरेको छ ।

मतिनले त्यसपछि ओरलाण्डो प्रहरीको विपद व्यवस्थापन टिमसँग तीन पटक टेलिफोन वार्ता गरेका थिए । त्यस क्रममा उनले आफूलाई इस्लामिक सैनिकको रुपमा परिचय गराएका थिए । आक्रमणको क्रममा गरेका टेलिफोनको क्रममा पनि उमर शान्त रुपमा प्रहरीसँग कुरा गरेको एफबिआइका प्रवक्ताले बताएका छन् । उमरले आफू इस्लामिक स्टेट आइएसको प्रतिनिधि भएको पनि बताएका थिए । ४९ जनाको हत्या गरेका उमरको प्रहरीको जवाफी कारबाहीमा ज्यान गएको थियो ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply