Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । तत्कालीन एकीकृत नेकपा माओवादी परित्याग गरी डा. बाबुराम भट्टराईले आइतबार औपचारिक रुपमा पार्टी घोषणा गरे ।

आफ्नो पार्टीलाई वैकल्पिक शक्ति दाबी गरेका भट्टराई पार्टीको नाम पनि नयाँ शक्ति नेपाल नै घोषणा गरे । निकै तामझाममा साथ देशैभरीका कार्यकर्तालाई काठमाडौं उतारेर फुटवल मैदान काठमाडौंको दशरथ रंगशाला गरिएको पार्टी घोषणा कार्यक्रममा विभिन्न झाँकीहरु प्रस्तुत गरिएका थिए ।

अन्य राजनीतिक दल भन्दा फरक र नयाँ भएको बताएका बाबुरामको पार्टी घोषणा कार्यक्रममा पार्टी नेता कार्यकर्ताको सपथ कार्यक्रमबाहेक अन्य कुराहरु भने नौलो थिएन । विभिन्न जाती समुदायको झाँकी प्रदर्शनहरु गरिएका थिए ।

‘अबको निकास आर्थिक विकास’ भन्ने मुल मन्त्र बोकेको नयाँ शक्तिमा विचारको मापदण्ड भने छैन । आर्थिक विकासलाई मुल मन्त्र बनाएका भट्टराईले पाँच ‘स’को अवधारणा अघि सारेका छन् ।

समतामुलक समृद्धि, समानुपातिकरसमावेशी सहभागितामूलक लोकतन्त्र, सुशासनरसदाचार, स्वाधिनता सार्वभौमिकता र समुन्नत समाजवाद भनी पाँच प्रतिवद्धता भट्टराईले सार्वजनिक गरेका छन् ।

पुरानो विचार र पुरानो पार्टीको औचित्य नरहने भन्दै आफू मात्रै नयाँ राजनीतिक विकल्प दाबी गरेका बाबुराममा तेस्रो लिंगी समुदायको भने आकर्षण देखियो । भट्टराई देशैभरीबाट कार्यकर्ता काठमाडौं उतारेर गरिएको पार्टी घोषणा कार्यक्रममा सयौं तेस्रो लिंगीहरु उपस्थित थिए ।


तेस्रो लिंगीको पनि आफ्नै पहिचानका लागि पछिल्लो समय आन्दोलन चर्किएको थियो । राजनीतिक परिवर्तनसँगै तेस्रो लिंगका आधारमा पनि नागरिकता दिने कानून बनाइएको छ ।

बाबुरामको नयाँ शक्ति घोषणा सभामा भाग लिन तीन सय भन्दा बढी तेस्रो लिंगी काठमाडौं आएको बताइएको छ । स्रोतकाअनुसार चन्द्रदेव जोशी नेतृत्वको नेकपा माक्र्सवादीमा रहेका तेस्रो लिंगीहरु नयाँ शक्तितिर आकर्षित भएका छन् ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply