Ticker

6/recent/ticker-posts

वर्षा याममा पनि भिषण आगलागी, झण्डै बस्ती नै सखाप !

झापा ।  झापाको दमक–५ स्थित बेलडाँगी शिविर नजिकैको बस्तीमा सोमबार राति लागेको भिषण आगलागीले दुई दर्जन जलेर घर नष्ट भएका छन् ।

स्थानीय बेलडाँगी–२ शिविर नजिकैको बजारमा राति ८ बजेदेखि आगलागी सुरु भएको थियो । आगलागीबाट कम्तीमा त्यस क्षेत्रका २० वटाभन्दा बढी घर तथा पसल जलेर नष्ट भएका छन् ।

स्थानीय कपडा व्यवसायी मदन रिजालको घरबाट सुरु भएको आगो छेउछाउका घर तथा पसलसम्म फैलिएको थियो । विद्युत् सर्ट भई आगो लागेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

आगलागीबाट मानवीय कुनै क्षति नभए पनि लाखौँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो नियन्त्रणका लागि दमकसहित, बिर्तामोड तथा भद्रपुरबाट आएको दमकल, प्रहरी, शरणार्थी र स्थानीयको सक्रियतामा राति ११ बजेतिर नियन्त्रणमा लिइएको प्रसनि दाहालले बताए ।

Post a Comment

0 Comments