Ticker

6/recent/ticker-posts

देवकोटाको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी सिफारिस

काठमाडौं । नेपाल निजामति कर्मचारी युनियने निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका लागि महासचिवमा सुवोध कुमार देवकोटाको नेतृत्वमा ७ सदस्यीय पदाधिकारी पठाउने निर्णय गरेको छ ।

संघले सदस्यहरुमा विश्ववन्धु रेग्मी, सुशीलकुमार केसी, राजुप्रसाद उप्रेती,  शंकर पूरी, सुभाषकुमार कोईराला र जनकबहादुर रावललाई सिफारिस गरेको छ । युनियन (संघ)ले सदस्यहरु सिफारिसका लागि अध्यक्ष देवकोटा र सह अध्यक्ष शोभाखर रेग्मीलाई चयन गर्न जिम्मा दिएको थियो ।

गत जेठ १९ गते पहिलो पटक भएको निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा एमाले निकट कर्मचारी संगठन र कांग्रेस निकट कर्मचारी  युनियन (संघ) ले क्रमशः अध्यक्ष र महासचिव सहितका पदाधिकारी शिफारिस गर्ने गरी मतप्राप्त गरेका थिए ।

Post a Comment

0 Comments