Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

प्रस्तावित राजदूतहरु हर्षित
काठमाडौं । व्यवस्थापिका संसद कार्य सञ्चालन नियमावली आइतबार पारित भएसँगै राजदूत र न्यायाधीशका लागि बाटो खुलेको छ । नियमावली नबन्दा नेपालकै पहिलो महिला प्रधानन्यायाधीशको रुपमा सुशीला कार्कीले पूर्ण जिम्मेवारी पाएकी थिइनन् । हाल कामू प्रधानन्यायाधीश रहेकी कार्कीलाई नियमावलीसँगै संसदीय सुनुवाइ हुँदै  प्रधानन्यायाधीशस बन्न बाटो खुलेको हो ।

त्यसो त, मन्त्रिपरिषद्बाट सिफारिस २१ देशका प्रस्तावित राजदूतहरुको भविष्या के हुने भने अन्योलको पनि अन्त्य भएको छ । निवयमावली बने लगत्तै अब प्रक्रियागत रुपमा संसदीय सुनुवाई हुने, सुनुवाई समितिले सिफारिस गरेपछि सम्बन्धित देशले ‘एग्रिमो’ पठाएपछि मात्रै राजदूत नियुक्तिको पक्रिया पूरा हुन्छ ।

तर, नियमावलीको अभावले संसदीय सुनुवाई हुन्छ कि हुँदैन भन्ने अन्योलबाट भने प्रस्तावित राजदूत मुक्त भएका छन् । यसैगरी, सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशहरुको नियुक्ति प्रक्रिया समेत सहज बनेको छ । बहालवाला न्यायाधिवक्ता हुँदै सर्वोच्च अदालतको न्यायाधीश बन्ने सौभाग्य पाएका नेपाल बार एसोसियशनका निवर्तमान अध्यक्ष हरिकृष्ण कार्की यस अघि सार्वजनिक रुपमै आफू ‘घर को न घाटको’ भएको अभिव्यक्ति दिएका थिए ।

सिफारिस सँगै भइरहेको जागिर छुटेको थियो भने उनले अदालतमा बरिष्ठ अधिवक्ताको रुपमा वकालत गर्नबाट समेत वञ्चित हुनुपरेको थियो । यसैबीच, न्यायिक निकायका विज्ञहरुले नियमावली सँगै संसदीय सुनुवाईको बाटो खुले पनि सत्तारुढ एमालेको तर्फबाट समानुपातिक सभासद बनीसकेकी अधिवक्ता सपना प्रधान मल्ल प्रकरण कसरी अघि बढ्छ भन्ने बारेमा खुलेरै चासो देखाएका छन् ।

 न्यायालयमा राजनीतिक प्रभाव परेपनि प्रत्यक्ष राजनीति गरिरहेकाहरुको प्रवेशसँगै न्यायिक तटस्थतामा ठाडो हस्तक्षेप हुने संवैधानिक कानूनका ज्ञाताहरुले बताउँदै आएका छन् । दलका तर्फबाट राजकीय जिम्मेवारी पनि लिने, कार्यकाल सकिए लगत्तै न्यायालयमा ‘डम्प’ गराउने एमाले शैली प्रति कांग्रेसले खुलेरै आलोचना गरेको थियो ।

यसैबीच,संसदीय सुनुवाई समितिमा रहने सदस्य संख्याको विषयमा विवाद हुँदै आएपनि उक्त नियमावली पारित भएसँगै अब १५ सदस्यीय संसदीय सुनुवाई समिति गठन हुने भएको छ । उक्त संख्यामा प्रमुख विपक्षी दल कांग्रेसले असहमति जनाउँदै पुरानै संख्या ७५ रहनु पर्ने तर्क गर्दै आएको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply