–सूर्य चन्द
काठमाडौं । राम्रो बन्ने, नाम कमाएर चर्चामा आउने रहर सबैमा हुन्छ । अझ सिने संसारमा लागेकाहरुको कलाकारितामै स्थापित हुने रहर कस्को नहोला र ? यस्तै चाहना लिएर मोडलिङको भिडमा आफूलाइ स्थापित गराउन अगाडी बढदै गरेकी छन् नब मोडल दिपिका भट्ट ।

यही विषयमा उनले भनिन्–‘नामै कमाउनका लागि मिस्टर नेपालसँग फोटो सेसन गरेको होइन, नामै कमाउनु हो भने त किन फोटो सुट मात्र गथ्र्ये र ? अरु पनि त धेरै उपाय होलान् ।’ उनको यो अभिव्यक्तिले उनी आफू समाजमा कलंकित बन्न चाहन्नन् ।
आफ्नै बलबुतोले भ्याएसम्म संघर्ष गर्दै स्थापित हुने सोचमा उनी रहेकी छन् । त्यस्तै, मोडलिङ क्षेत्रलाइ ब्यबस्थित गर्न पनि आफू लागि पर्ने बताउछिन् । अभिनयमा अब्बल दिपिका सुन्दर मुहार र आकर्षक शरीरको धनि छन् । चिटिक्क मिलेको शरीर अनि सुन्दर मुहारले उनीप्रति आकर्षिण नहुने सायदै नहोलान् । तर पनि उनी आफ्नो बल र मिहिनेतका कारण कलाकारितामै जम्ने प्रयासमा रहेकी छन् ।
चितवन पुर्ख्यौैली घर भएकी दिपिका हाल भक्तपुरम बस्छिन ।
भर्खर २० औं बसन्तमा प्रवेश गर्न लागेकी दिपिका हेर्दा आकर्षक त छदैछन्, उत्तिकै मिजाशिली पनि छन् । शालीन स्वभावकी दिपिकाले केही विज्ञापनमा समेत काम गरी सकेकी छन् । उनि मोडेल मात्र नभएर एक राम्रो गीतकार पनि हुन् ।
भर्खरै मात्र गायिका इन्दिरा जोशी, गायक हिमाल सागर, गायक प्रमोद खरेलको आवाजमा आफ्नो गित रेकर्ड गराई सकेकी दिपिकाले चाडैनै उक्त गीतहरुको म्युजिक भिडियो समेत आफूले निर्माण गर्न लागेको जनाइन् । उक्त म्युजिक भिडियोमा आफ्नै अभिनय रहने समेत जानकारी दिइन् ।
यदि कहीबाट राम्रो म्युजिक भिडियो तथा फिल्महरुको अफर आएमा खेल्ने सोचमा रहेको खुलाइन् । उनलाई फिल्मका धेरै प्रस्ताव आएको भएपनि कथावस्तु र फिल्म निर्माणकर्तासँगको कुरा नमिलेपछि अस्वीकार गर्दै आएका जानकारी दिइन् । केही उच्छृंखल र बद्नामी मान्छेहरुकै कारण नेपाली रंगीन दुनियाँ बद्नामित हुँदै गएको भन्दै त्यसतर्फ कलाकारीतामा लागेकाहरु सचेत हुनेपर्ने बताइन् । सानै उमेरदेखि अभिनयमा रुची राख्ने दिपीकाको भविष्यमा एक सफल मोडेल बन्ने सपना पालेकी छन् ।
0 Comments