Ticker

6/recent/ticker-posts

पैसाकै खेल, अरुको पासपोर्ट र प्रवेशपत्र लिएर परीक्षा दिन गएपछि...

काठमाडौं। रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन गएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ। पैसाको चलखेलकै कारण अरुको पासपोर्ट र प्रवेशपत्र लिएर उनीहरु परीक्षा दिन गएका हुन् । कडा सुरक्षा व्यवस्थाबीच पनि उनीहरुलाइृ कस्तो साहज जुट्यो र परीक्षा दिन पुगे । ३१ जना नक्कली त पक्राउ परे अरु पनि कति छन् ? कडा निगरानी राखिएको छ ।

शनिबार भएको परीक्षामा ३१ पक्राउ परेका हुन् । आइतबार पनि परीक्षा हुँदैछ । काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ३१ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए।

पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको उनले बताए। यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन्।

शनिबार ३० हजार २०२ परीक्षार्थी रहेकामा २८ हजार ७८२ जनामात्रै परीक्षामा सहभागी भएको उनले जानकारी दिए। बाँकी परीक्षार्थीको आइतबार बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि परीक्षा सञ्चालन हुनेछ। पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ।

यस वर्ष तीन हजार एक सय लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार एक सय जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन्।

आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरू सन् २०१७ देखि कोरिया जान पाउने छन्। हालसम्म ३८ हजार जना भाषा परीक्षामार्फत कोरिया गएका छन्।

Post a Comment

0 Comments