Ticker

6/recent/ticker-posts

पोर्चुगललाई जिताउन क्वारेज्माले देखाए कमाल (भिडियो सहित)

काठमाडौं । क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै पोर्चुगल जारी युरोकप फुटबलको क्वाटरफाइनलमा प्रबेश गरेको छ ।
पोर्चुगलले क्वाटरफाइनलमा पोल्याण्ड प्रतिद्धन्दी पाएको छ । पोल्याण्डले शनिबार साँझ सम्पन्न खेलमा स्वीट्जरल्याण्डलाई पेनाल्टी शुटआउटमा पराजित गरेको हो ।

फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले पोर्चुगलको उद्धार गरे । उनी जाआओ मारियोलाई प्रतिस्थापन गर्दै ८७औं मिनेटमा मैदान प्रबेश गरेका थिए ।

क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियान किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।

यसअघि खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । खेलको अधिकांश समय क्रोएशियाले पोर्चुगललाई दवावमा राखेपनि पोर्चुगलले निर्णय आफ्नो पक्षमा पारेको छ ।

अभागी ठहरिएको क्रोएशियाले खेल अवधिभर पोर्चुगलको पोष्टमा २१ पटक आक्रमण गरेको थियो जवकि पोर्चुगलले त्यस्तो अवसर ४ पटकमात्र पाएको थियो ।

सन् २००४ को उपबिजेता पोर्चुगल पछिल्लो चार संस्करणको युरोमा कम्तिमा सेमिफाइनलसम्म पुगेको छ । गत संस्करणमा पनि उ सेमिफाइनलबाट बाहिरिएको थियो ।

क्वारेज्माले देखाए कमाल (भिडियो )


यसैबीच गएराति नै भएको अर्को खेलमा वेल्स  पनि युरोकप फुटबलको  क्वाटरफाइनलमा प्रवेश गरेको छ । उत्तरीआयरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै वेल्स क्वाटरफाइनलमा स्थान पक्का गरेको हो ।

खेलमा उत्तरीआयरल्याण्डको आत्मघाती गोल निर्णायक बन्यो । ग्यारेथ बेलको क्रसमा ग्यारेथ म्याकुलीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए ।
उत्तरी आयरल्याण्ड  तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चारभित्र पर्दै अन्तिम १६ मा छनोट भएको थियो । वेल्स भने   इंगल्याण्ड रहेकै समूह बी बाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो। अब वेल्सले हंगेरी र बेल्जियमबिचको बिजेतासंग सेमिफाइनलका लागि प्रतिस्पर्धा गर्ने छ ।
वेल्स र उत्तरी आयरल्याण्ड दुवैले यसै पटकबाट  युरो कपमा डेब्यु गरेका टोली हुन् ।

Post a Comment

0 Comments