Ticker

6/recent/ticker-posts

रसिया समुहचरणबाटै आउट भएपनि प्रशिक्षकले राजिनामा दिए

काठमाडौं । युरोकप फुटबलको समूह चरणबाटै बाहिरिएपछि रुसका प्रशिक्षकले राजिनामा दिएका छन् ।

सोमबार राति भएको खेलमा वेल्ससँग ३–० ले हारेपछि रुसले समूह बीको पुछारमा रहँदै युरोकपको यात्रा टुंग्यायो । टिम समूह चरणबाटै बाहिरिएपछि प्रशिक्षक लियोनिड स्लट्स्कीले राजिनामा दिने निर्णय गरेका हुन् । उनी गएको वर्षको अगस्टमा रुसी टिमको प्रशिक्षकमा नियुक्त भएका थिए ।

उनको प्रशिक्षणमा रुसी टिमले युरोकपमा इंग्ल्याण्डसँग बराबरी खेल्नु नै राम्रो प्रदर्शन रह्यो । रुस स्लोभाकियासँग पनि पराजित भएको थियो ।

Post a Comment

0 Comments