Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । सुनको भाउ केही दिन यता लगातार उकालो लागेको छ । आइतबार सुन तोलामा चार सय रुपैयाँले बढेर सुन ५७ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

संघका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा भाउ बढेर सुन प्रतिऔँस १२ सय ९४ डलर पुगेको छ । लगातार सुनको भाउ बढ्दा त्यसको असर कारोबारमा परेको छ । गएका वर्षहरुमा यही समयमा भन्दा अहिले ५० प्रतिशतले कारोबार घटेको संघका अध्यक्ष माणिकरत्न शाक्यले बताए ।
महंगीसँगै भूकम्प र नाकाबन्दी लगायतको असर सुनको कारोबारमा परेको उनको दाबी छ । वर्षा लागेकाले धेरैजसो घर बनाउने चटारोमा रहेकाले कारोबार सन्तोषजनक नरहेको उनले बताए ।

अहिले दैनिक १० देखि १५ किलोको मात्र माग छ । यस्तै आइतबार चाँदी पनि तोलामा पाँच रुपैयाँले बढेर ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply