Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन


काठमाडौं । वेल्स र इंग्ल्याण्ड युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेका छन् । गएराति भएको समूह चरणको अन्तिम खेलमा रुसलाई ३–० ले हराउंदैं वेल्स समूह बीको विजेता बन्दै युरोकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको हो ।

वेल्सलाई महत्वपूर्ण जित दिलाउन आरोन रामसी, निल टेइलर र ग्यारेथ बेलले एक एक गोल गरे । ११ औं मिनेटमा रामसी र २० औं मिनेटमा टेइलरले गोल गरेपछि पहिलो हाफमा वेल्सले २–० को अग्रता लियो । रुस र वेल्सको बलमा नियन्त्रण लगभग उस्तै भएपनि रुसले गोल भने गर्न सकेन । ६७ औं मिनेटमा बेलले गोल गर्दै वेल्सको ३–० को जित सुनिश्चित गरे ।

पहिलो खेलमा स्लोभाकियालाई २–१ ले हराएको वेल्स दोस्रो खेलमा इंग्ल्याण्डसंग २–१ ले नै पराजित भएको थियो । समूह बीको विजेता बनेको वेल्सको ६ अंक भएको छ । यता, स्लोभाकियासंग गोलरहित बराबरीमा रोकिएपछि इंग्ल्याण्ड समूह बीको उपविजेता बनेको छ । इंग्ल्याण्डले केही राम्रो मौका सृजना गरेपनि तर स्लोभाकियाका गोलरक्षक माटुस कोजासिकले सुन्दर सेभ गरे ।

पहिलो हाफमा जेमी भर्डीले गरेको सुन्दर प्रहार कोजासिकले बचाएका थिए । यस्तै दोस्रो हाफमा नाथनिएल क्लाइनको प्रहार पनि कोजासिकले बचाए । कप्तान वायने रुनी ५५ मिनेटपछि मैदान छिरेपछि टिमलाई बराबरीबाट अघि लैजान सकेनन् । डेल अलीले पनि राम्रो प्रहार गरेका थिए तर त्यो पनि गोलमा परिणत हुन भने सकेन । यसअघिका खेलमा वेल्सलाई २–१ ले हराएको तथा रुससंग १–१ को बराबरी खेलको इंग्ल्याण्डको पांच अंक बनेको छ ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply