Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

एजेन्सी– फ्रान्समा जारी यूरोकप अन्तर्गतको खेलमा पोर्चुगल र ठुलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको आइसल्याण्डको खेल बराबरीमा टुंगिएको छ। सानो राष्ट्र आइसल्याण्डले अपेक्षा गरे भन्दा उत्कृष्ट प्रदशन गर्दै बलियो टिम पोर्चुगललाई १(१ को बराबरीमा रोक्न सफल भएको छ।

झन्डै ४ बर्ष अगाडी विश्व शिर्ष वारियतामा १३३ स्थानमा रहेको आइसल्याण्ड अहिले ३४औ स्थानमा आइपुगेको छ। यूरो कपको उपाधि दाबेदार राष्ट्र पोर्चुगललाई बराबरीमा राख्दै आइसल्याण्ड फुटबल इतिहासमा नयाँ इतिहास रचेको छ।

तीन तीन पटक प्लेयर अफ दि एयर उपाधि जितेका क्रिश्चियानो रोनाल्डोलाई रोक्नु एक्लो खेलाडीको मेहनतले नभई सिंगो टिमको मेहेनत लागेको आइसल्याण्डका खेलाडीले खेलपछि प्रतिक्रिया दिए।

झन्डै ३ लाख ३० हजार जनसंख्या रहेको आइसल्याण्डले पोर्चुगललाई बराबरीमा रोक्दै दोस्रो चरणमा प्रवेशको सम्भावनालाई जीवित राखेको छ। आज भएको खेलमा खेलको ३१औ मिनेटमा नानिले गोल गर्दै पोर्चुगललाई १(० को अग्रता दिलाए। पोचुगिस खेलाडीको अग्रता सेलाउन नपाउदै आइसल्याण्डका बिर्किर ब्जर्नासनले खेलको ५०औ मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याए।

आजको खेलमा पोर्चुगलको लागी गोल गरेका नानी म्यान अफ दि म्याच घोषित बने। पोर्चुगलका रेनाटो संचेसले सबै भन्दा कान्छो उमेरमा पोर्चुगलका लागी डेब्यु गरेका छन। त्यस्तै आजको खेलमा  खासै प्रभाब जमाउन नसकेका रोनाल्डोले १२७ खेल खेल्दै लुइस फिगोको रेकर्ड बराबरी गरेका छन।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply