न राम्रो उपचार पाए, न कांग्रेसलेनै सम्झ्यो
काठमाडौं । जहानिया राणाशाही विरुद्ध नेपाली कांग्रेसले नेतृत्व गरेको२ हजार ७ सालको जनक्रान्तिमा पूर्वी पहाडी जिल्ला खोटाङको सैन्य मोर्चामा आवद्ध प्रजातन्त्र सेनानी बलवहादुर रुम्दाली सिकिस्त हुनुहुन्छ । सामान्य हिडडुल समेत गर्न नसक्ने अवस्थामा पुग्नु भएका रुम्दाली, नेपाली कांग्रेस खोटाङको पूर्व कार्यवाहक सभापति समेत हुनुहुन्थ्यो ।
२ हजार ४८ सालको आम निर्वाचनमा झिनो मतले पराजित प्रजातन्त्र सेनानी रुम्दाली हाल सुनसरीको प्रकाशपूरमा छोरीको घरमा वस्दै आउनु भएको छ ।
कांग्रेस सुनसरीका नेता दिलकुमार वनले हालै रुम्दालीको निवासमा पुगेर प्रजातन्त्र सेनानी बलवहादुर रुम्दालीको अवस्था नाजुक भएको जानकारी गराउनु भएको हो । । पूर्व मन्त्री तथा नेपाली कांग्रेस खोटाङकाका पूर्व सभापति शिववहादुर वस्नेतले पनि प्रजातन्त्र सेनानी रुम्दाली वचाउ अभियानै संचालन गर्नु पर्ने वताउनु भयो ।
्रपटक पटक पंचायतीकालमा लामो समय जेल जीवन विताउनु भएका रुम्दालीले आफ्नो सम्पूर्ण समय लोकतान्त्रिक आन्दोलनमा विताउनु भएको थियो ।
प्रजातन्त्र सेनानी रुम्दाली हाल सुनसरीको प्रकाशपूरमा छोरीको आश्रयमा वस्दै आउनु भएको छ । प्रजातन्त्र सेनानी रुम्दालीको उपचारमा न राज्यले ध्यान दिएको छ न नेपाली कांग्रेसले, नेता दिलकुमार वनले गुनासो गदै भन्नु भयो लोकतान्त्रिक आन्दोलनमा ठुलो योगदान गरेका नेता रुम्दालीलाई पार्टीले नसम्झनु इतिहासमाथिको वेईमानी मात्रै होइर्न राजनीतिक अपराध समेत हो ।
नेपाली कांग्रेस खोटाङ र सुनसरीका केही कांग्रेसगणले रुम्दालीको उपचार अभियान थाल्न पार्टीका शिर्षस्थ नेताहरुलाई ध्यानाकार्षण गराएका छन ।
खर्चको अभावमा प्रजातन्त्र सेनानी रुम्दालीको उचित उपचार हुन नसकेको पारिवारिक सदस्यको भनाई छ । पार्टीमा हाम्रा लागि वोलिदिने पनि कोही छैन, खै सरकारले उपचार खर्च दिन सक्छ भन्ने सुनेका छौ तर पहुचवाला र काठमाण्डौमा नेताहरुका आसेपासेका लागि मात्रै पो होकी रु
ज्वाई भवानीले गुनासो पोख्नु भयो । राज्यले प्रजातन्त्रका लागि योगदान दिने व्यक्तिहरुलाई सम्मानार्थ उपचार गर्ने तथा खर्च व्यहोर्ने प्रचलन तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पाला देखि शुरु गरेको थियो ।

No comments: