Ticker

6/recent/ticker-posts

अनुसँगै जेनिशा ¥याम्पमा उत्रिदै

काठमाडौं ।  ‘फायर अन द ¥याम्प’ नाम दिइएको फेसन शोमा अभिनेत्री अनु शाहसँगै जेनिशा केसी ¥याम्पमा उत्रने भएका छन् ।
यसअघि अभिनेत्री बेनिशा र अनु भनिएको थियो । त्यसलाई सच्याउँदै नेपाल मोडलिङ संघका अध्यक्ष तथा कार्यक्रमका कोरियोग्राफर दिनेश शाहीले बेनिशाको स्थानमा जेनिशा हुने बताए । कार्यक्रममा अन्य सेलिब्रेटीले पनि ¥याम्प नाप्ने भएका छन् ।
कार्यक्रम आउने शनिबार ठमेलस्थित फायर डिस्कोमा हुने बताइएको छ । शाहीका अनुसार कार्यक्रममा अनु र जेनिशाका अलावा मोडल दीपक घिमिरे, मिस्टर नेपाल सन्दिप पोखरेल, गणेश अग्रवाल, सुरज चिल्वाल र मोडल नहिन शाहीले पनि ¥याम्पमा नाप्नेछन् ।
कार्यक्रममा चर्चित गायक धिरज राई, कमल खत्री, रबिन दर्शन शाही, रमिता भण्डारी, बुनु राईलगायतको जोडदार संगीतिक प्रस्तुति रहने बताइएको छ ।

Post a Comment

0 Comments