Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । नायिका निसा अधिकारीले आफनो अफिसियल फेसबुकमा एउटा तस्बिर पोस्ट गरेपछि कोरियो ग्रफार रनशा राई रुष्ट बनेकी छन् । निसाको फोटो सार्वजनिक हुँदा रेनशा रुष्ट हुनुको कारण हो कोरियाग्राफी स्टाइल चोरिनु ।

नायिका निशाको सार्वजनिक उक्त तस्बिरले कम समयमा सबैको ध्यान खिचेको छ । यो तस्बिर को कम ब्याक रहेको चलचित्र ‘जय पर्शुराम’ को एउटा गीतको तस्बिर हो । जुन तस्बिरले सफल चलचित्र ‘प्रेम गीत’ को ‘म यस्तो गीत गाउँछु’ गीतको याँद दिलाउने अनुमान गरिएको छ । चाडै नै गीतको भिडियो सार्वजनिक हुने जानकारी दिँदै निसाले सार्वजनिक गरेको तस्बिरमा कुनै जंगलको विचमा परि जस्तै देखिएर नायिका पियानो बजाइरहेकी छिन् ।
यस्तै सिन र कोरियोग्राफी चलचित्र प्रेम गीतमा गरिएको थियो । त्यसैले ‘जय पर्शुरामले’ प्रेम गीतको कपि गरेको हुन सक्ने अनुमान लगाइन थालिएको छ । गीतको लोकेशन , पहिरन र शैलीसमेत उस्तै देखिएपछि उक्त गीतका कोरियोग्राफर रामजी लामिछाने माथि नै प्रश्नहरु तेर्सिएका छन् । तर एक दृश्य मिल्दैमा प्रेम गीतको कपि गरेको भनिहाल्ने अवस्था छैन । किनकी ‘जय पर्शुराम’ को उक्त गीत सार्वजनिक भईसकेको भने छैन् ।

तर पनि प्रेम गीतकी कोरियोग्राफर रेनशा राईले भने आक्रोस पोख्दै प्रभावित हुनुको पनि हद हुन्छ नी भन्दै अभिव्यक्ति दिएकीछिन् । तर कोरिया ग्राफर रामजी लामिछानेमाथि तेर्सिएका आरोपहरु भने‘जय पर्शुराम’ को गीत सार्वजनिक भएपछि नै पुष्टी होला ।

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply