Ticker

6/recent/ticker-posts

वेल्जियमलाई वेल्सको चुनौती

काठमाडौं । फ्रान्समा जारी युरोकप फुटबल अन्तर्गत शुक्रबार (आज) नयाँ प्रवेशी टिम वेल्सले वेल्जियमको सामना गर्ने भएको छ । वेल्जियमविरुद्ध वेल्सको खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।

क्वार्टर फाइनलको यस खेलमा बेल्जियमका एक खेलाडीले खेल खेल्न नपाउने भएका छन् । बेल्जियमका थोमस भर्मालेलाई युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले एक खेलको प्रतिबन्ध लगाएको हो । 

वेल्जियमका थोमसलाई एक खेलको प्रतिबन्ध भएपछि वेल्सले बढी आशा राखेको छ । गत आइतबार भएको खेलमा जित हात पार्दै बेल्जियम अन्तिम ८ मा प्रवेश गरेको थियो । उपाधि जित्ने आशा बोकेको बेल्जियमले प्री क्वार्टर फाइनलको खेलमा हंगेरीलाई हराउँदै ४–० गोल अन्तरले पराजित गरेको थियो । 

बेल्जियमको जितमा टोबी एल्डावेरल्ड, मिचु बाट्शुयी, इडन हर्जाड र यानिक काररास्कोले एक–एक गोल गरेका थिए । त्यस्तै यता वेल्सले पनि तयारी तीव्र पारेको छ । वेल्जियमलाई हराउने दाउमा रहेको वेल्सका खेलाडीको तयारी पनि राम्रो छ । 

नव प्रवेशी टोलीले उत्कृष्ट प्रदर्शन गर्दै खेलप्रेमीहरुको मन जित्दै क्वार्टर फाइनलको यात्रा तय गरेको हो । उसले गत शनिबार भएको खेलमा उत्तरी आयरल्याण्डलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको हो । खेलमा उत्तरीआयरल्याण्डको आत्मघाती गोल निर्णायक  बनेको थियो । 

ग्यारेथ बेलको क्रसमा ग्यारेथ म्याकुलीले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए । वेल्ससमूह बी बाट विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो । वेल्स र यसै पटकबाट युरो कपमा डेब्यु गरेका टोली हो । 

१७, असार २०७३ ।

Post a Comment

0 Comments