Theme images by kelvinjay. Powered by Blogger.

Slider

Recent Tube

देश

प्रविधि

कला साहित्य

विदेश

खेल

फेसन

काठमाडौं । सुन्दरता बढाउनका लागि ओठमा लाली लगाउँदा एक महिलालाई बित्यासै परेको छ । लाली लगाउँदा ती महिलाको ओँठ डरलाग्दो गरी सुन्निएको छ ।

अमेरिकाको फ्लोरिडास्थित ओरल्याण्डोमा बस्ने लिली क्लियोपेट्रा मोरिसले हालै वालमार्टमा गएर कभरगर्ल ब्राण्डको क्वीन कलेक्सनको लाली किनेकी थिइन् । तर एकदिन उनी जब लाली लगाएर सुत्न गइन् तब अर्को बिहान उठ्दा उनले ओठ सुन्निएर भिमकाय बनेको थियो ।

त्यसपछि उनी तत्कालै अस्पताल गएर आफ्नो ओठको उपचार गराउनु परेको छ । उनले लाली लगाएपछि सुन्निएर डरलाग्दा भएका आफ्ना तस्वीर तथा अस्पतालमा उपचार गराइरहेका तस्वीरहरु सोसल साइटमा शेयर गरेपछि त्यो निकै चर्चित भएको छ ।

लालीमा भएको केमिकलले आफुलाई एलर्जी गराएका कारण ओँठ यसो गरी सुन्निएको भन्दै उनले यस्ता सामाग्री प्रयोग गर्नुअघि सचेत हुन पनि उनले आग्रह गरेकी छिन् । (एजेन्सी)

«
Next
Newer Post
»
Previous
Older Post

No comments:

Leave a Reply