Ticker

6/recent/ticker-posts

साविक विजेता स्पेन क्रोएसियासँग पराजित

काठमाडौं । युरो कप २०१६ को समूह चरणमा साविकको विजेता स्पेन क्रोएसियासँग पराजित भएको छ । बुधबार विहान भएको खेलमा क्रोएसियाले स्पेनलाई २–१ गोल अन्तरले पराजित गरेको अने । जितसँगै ७ अंकका साथ समूह डीको विजेता क्रोएसिया बनेको छ । भने उपविजेता बनेको स्पेन ६ अंक छ । अब स्पेनले अन्तिम १६ मा समूह ईको विजेता इटली प्रतिद्वन्द्वी पाएको छ ।

खेलमा स्पेनले सातौं मिनेटमा नै मोराटाको गोलबाट अग्रता लिएको थियो । तर, जोगाउन सकेन । पहिलो हाफको अन्तिममा क्रोएसियाका कलिनिकले बराबरीमा गोल फर्काए ।

खेलको ७२ औं मिनेटमा स्पेनले पेनाल्टी पाएको थियो । तर, सर्जिओ रामोस गोल गर्न असफल रहे । उनको प्रहार विपक्षी किपरले रोके । ८७ औं मिनेटमा पेरिसिकले गोल गर्दै क्रोएसियालाई २–१ को जित दिलाए ।

Post a Comment

0 Comments