काठमाडौं । अफगानिस्तानको काबुलमा तालिवानी आतंकवादी हमलामा ज्यान गुमाएका १२ नेपालीको शव नेपाल एयरलाइन्सको विमानबाट ल्याइने भएको छ । त्यसका लागि १ सय ५६ सिटे एयरबस बुधबार बिहान काबुल पठाइँदै छ ।
‘बिहान ३:३० बजे काठमाडौंबाट उड्ने जहाज नेपाली समयअनुसार बिहान ६ बजे काबुल ओर्लनेछ,’ नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले मंगलबार साँझ नयाँ पत्रिकासँग भने, ‘१ सय ५६ सिटको एयरबस पठाउँदै छौँ, अढाइ घन्टामा विमान काबुल उत्रिन्छ । मृतकहरूको फरेन्सिक परीक्षणलगायत कानुनी प्रक्रिया पूरा गरेर बुधबारै शव ल्याउने तयारी छ ।’
भारत र पाकिस्तानसँग आकास मागियो
नेपाली जहाज काबुल पुग्न भारत र पाकिस्तानको आकास प्रयोग गर्नुपर्ने भएकाले ती देशसँग साँझ अनुमति मागिएको थियो । अफगानिस्तानसँग पनि आकास र अवतरणको अनुमति मागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव रेग्मीले बताए । उनका अनुसार परराष्ट्र मन्त्रालय र प्राधिकरणले बेग्लाबेग्लै अनुमति मागेका थिए । रेस्क्यु फ्लाइट अनुमतिपछि विमान त्यसतर्फ पठाउन लागिएको हो ।
दुई घाइते दिल्लीमा, बाँकीलाई पनि ल्याइने
घाइते मानबहादुर थापा र कृष्णकुमार देउजालाई भारतको दिल्ली लगिएको छ । उनीहरूलाई एपोलो अस्पतालमा भर्ना गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सेक्युरिटी कम्पनीले ‘इन्स्योरेन्स स्किम’अन्तर्गत उनीहरूलाई दिल्ली लगेको हो । उनीहरू दुवै चितवनका हुन् ।
नुवाकोटका च्याङ्बा तामाङबाहेक अरूलाई दिल्ली लग्न लागिएको छ । तामाङको अवस्था अरूभन्दा गम्भीर रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले जानकारी दिए । बम विस्फोटमा घाइते मोरङका प्रेमबहादुर क्षेत्री, म्यग्दीका चेतप्रसाद शेरचन, गोरखाका कुमारबहादुर गुरुङ र सुर्खेतका अमृत रोकाया क्षेत्रीलाई पनि इन्स्योरेन्स स्किमअन्तर्गत उपचारका लागि दिल्ली लग्ने सूचना आएको परराष्ट्र स्रोतले बतायो ।
इच्छुक नेपालीलाई पनि ल्याइने
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले स्वदेश फर्किन चाहने नेपालीलाई पनि नेपाल एयरलाइन्सको विमानबाट ल्याइने बताए । आक्रमणमा परेका नेपाली कार्यरत सुरक्षा एजेन्सीमा रहेका नेपालीलाई प्राथमिकतामा राखिएको छ । यसबारे अफगानिस्तानमा पुगेका पाकिस्तानका लागि नेपाली कार्यबाहक राजदूत तीर्थ अर्यालले समन्वय गरिरहेका छन् ।
– नयाँ पत्रिका दैनिकबाट

0 Comments