Ticker

6/recent/ticker-posts

रंगशालामा हुलदंगा मच्चाउने यी रुसी नाइके पक्राउ

काठमाडौं ।  युरोकप फुटबलको क्रममा रंगशालमा हुलदंगा गर्ने रुसका फुटबल समर्थकको समूहका नाइके पक्राउ परेका छन् ।

इंग्ल्याण्ड र रुसबिचको खेलको क्रममा रंगशालमा हुलदंगा गर्ने रुसी समर्थकका नाइके अलेक्जेन्डर स्यरिगन पक्राउ परेको फ्रान्सका अधिकारीले जानकारी दिएका हुन् । ९ दिन अघि इंग्ल्याण्ड र रुसबिचको खेलमा हुलदंगा गरेपछि उनी मस्को गएका थिए ।

तर उनी फेरि फ्रान्स आएपछि पक्राउ गरिएको फ्रान्स प्रहरीले जनाएको छ । उनलाई दुई दिनपछि फ्रान्सबाट निकाला गरिने छ । उनलाई सोमबार राति रुस र वेल्सबिचको खेलको क्रममा टुलुस रंगशालाबाट पक्राउ गरिएको हो ।

उनले अल रसिया सपोटर्स समूहको नेतृत्व गर्दै आएका छन् । मार्सेइलीमा भएको खेलमा हुलदंगा गर्ने तीन जना रुसका समर्थकलाई दुई वर्षसम्मको जेल सजाय हुने भएको छ भने ६ जना इंग्ल्याण्डका समर्थकलाई पनि ६ महिनासम्मको जेल सजाय हुनेछ ।

युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले रुसलाई डेढ लाख युरो जरिवाना पनि तिराएको छ ।

Post a Comment

0 Comments