Ticker

6/recent/ticker-posts

नयाँ शक्तिको तामझामः आइतबार पार्टी घोषणा सभा

काठमाडौं । नयाँ शक्ति नेपालको निकै ठूलो तामझामको साथ आइतबार दशरथ रंगशालामा पार्टी स्थापना घोषणा सभा गर्दैछ ।
एक लाख संस्थापक सदस्यलाई रंगशालामा ल्याउने दावी गरेको नयाँ शक्तिले मञ्च निर्माणको लागि मात्र ३० लाख रुपैयाँ खर्चिएको छ ।

मुस्किलले ३० हजार अटने रंगशालामा नयाँ शक्तिले एक लाख मानिस ल्याउने बताएको छ । एक लाख संस्थापक सदस्यले रंगशालामा एक साथ सपथ खाने छन् । भेलामा १५ सय प्रतिनिधिहरु दुई दिनसम्म प्रज्ञा प्रतिष्ठानमा छलफल सत्रमा बस्ने छन् ।

नयाँ शक्तिले भेला सम्पन्न गर्नको लागि एक करोड पाँच लाख रुपैयाँ खर्च गर्ने भएको छ । सुरुमा १५ लाख रुपैयाँ भन्दा बढी खर्च नगर्ने बताएको नयाँ शक्तिले सभा सम्पन्न गर्नको लागि करिब २ करोड रुपैयाँसम्म खर्च हुने अनुमान गरेको छ ।

सभास्थल रंगशालामा झण्डा र ब्यानरले सजाइएको छ । रगशाला वरिपरी नयाँ शक्तिको झण्डा फहराइएको छ ।

Post a Comment

0 Comments