
समूह चरणको अन्तिम खेलमा आयरल्याण्डले इटलीलाई १–० गोल अन्तरले हराउँदै उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गरेको हो । आयरल्याण्डको जितमा ८५ औं मिनेटमा ब्राडीले गरेको गोल निर्णायक बन्यो । हारपछि पनि इटाली भने समूह इ को विजेता बनेको छ । इटालीलाई कडा टक्कर दिएको आयरल्याण्डले अब अन्तिम १६ मा समूह ए को विजेता फ्रान्ससँग खेल्नेछ । यस्तै इटालीले स्पेनसँग खेल्नेछ ।
यसैबीच, पहिलो सहभागितामै समूह उविजेता बन्दै आइसल्याण्ड युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको समूहको आफ्नो अन्तिम खेलमा आइसल्याण्डले अस्ट्रियालाई २–१ ले हराउन सफल भयो ।

त्यस्तै, गएराति नै भएको अर्को खेलमा पोर्चुगल बराबरीमा रोकिएको छ । पोर्चुगल हंगेरीसँग ३–३ को बराबरीमा रोकिएको हो ।


दोस्रो हाफको सुरुमानै हंगेरीका बेलास डज्सुडसकले गोल गर्दै फेरि अग्रता दिलाए । तर त्यसको तीन मिनेटपछि नै रोनाल्डोले व्यक्तिगत पहिलो गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीको अवस्थामा ल्याए । ५५ औं मिनेटमा डज्सुडसकले व्यक्तिगत दोस्रो गोल गरेपछि खेलमा हंगेरीले फेरि अग्रता लियो । तर रोनाल्डोले यो अग्रता धेरै समय टिक्न दिएनन् । अघिल्ला खेलमा गोल गर्न नसकेको भनेर आलोचना खेपेका रोनाल्डोले टिमलाई चाहिएका बेला महत्वपूर्ण गोल गरे र हारबाट जोगाए । रोनाल्डोले ६२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ३–३ को बराबरीमा सकियो । हंगेरीले अन्तिम १६ मा समूह इको उपविजेता बेल्जियमसँग खेल्नेछ । यस्तै पोर्चुगलले समूह डीको विजेता क्रोएसियासँग खेल्ने छ ।
यस्तै, गएराति नै भएको अर्को खेलमा बेल्जियम पनि युरोकप १६ मा पुगेको छ । आफ्नो अन्तिम खेलमा बेल्जियमले स्वीडेनलाई १–० ले हराएर समूह इको उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । पराजित भएको स्वीडेन भने समूह चरणबाटै बाहिरिएको छ ।

बेल्जियमको जितमा राजा नाइनगोलानले ८४ औं मिनेटमा २५ यार्डबाट गरेको गोल नै निर्णायक बन्यो । हारसँगै स्वीडेन बाहिरियो भने कप्तान जाल्टन इब्राहिमोविचको राष्ट्रिय टिमको अन्तिम खेल पनि यही बन्यो । इब्राहिमोविचले युरोकपपछि राष्ट्रिय टिमबाट नखेल्ने घोषणा गरिसकेका छन् । बेल्जियमले अब अन्तिम १६ मा समूह एफको विजेता हंगेरीसँग खेल्नेछ ।
0 Comments