Ticker

6/recent/ticker-posts

गीता राणाको आरोप झुठो, प्रमोदराजले सफाइ पाए

सुर्य चन्द ।
काठमाडौं । विगत ६ महिना देखि झुटो आरोपमा मुद्दा खेपिरहेका प्रफुल्ल (प्रमोद राज) पन्तले  सफाइ पाएका छन् ।  काठमाडौँ जिल्ला अदालतबाट सफाई पाएपछि विना कारण मुद्दा खेपिरहेका प्रफुल्ल हर्षित बनेका छन् ।

उनले भने– ‘खाएको बिष लाग्छ नखाएको बिष लाग्दैन त्यहि भएर मैले अदालत बाट सफाई पाएँ । ' ग्यालेक्सी स्कुलकि सञ्चालिका गीता राणाले आपसी रिसिबीको कारणले पन्तविरुद्ध जिल्ला अदालत काठमाडौँमा अपहरणको मुद्दा दायर गरेकी थिइन् ।

उक्त मुद्दामा कुनै पनि सत्यता र साक्षी प्रमाण र खुद गीता रानालेनै आफूले दायर गरेको मुद्दा सत्य नभएको बयान दिएपछि आफूले सफाई पाएको पन्तले जानकारी दिए । 

आफ्नो ब्यापार ब्यबसाय संचालन गर्दै तथा समाजसेवा गर्दै आएका पन्तलार्इ झुटो पोखराबाट पक्राउ गरिएको थियो र काठमाडौँ जिल्ला अदालतमा पेश गराइएको थियो  ।

Post a Comment

0 Comments