प्रचण्ड, शेरबहादुर ,ज्ञानेन्द्र र कमल विरुद्धमुद्धा दर्ता
काठमाडौँ, असार २८ । बेपत्ता आयोगमा सशस्त्र द्वन्द्वका क्रममा प्रचण्ड, शेरबहादुर, ज्ञानेन्द्र र कमल थापाविरुद्ध मुद्धा दर्ता भएका छन् ।
मंगलबार पुलचोकस्थित आयोग कार्यालयमा परेका उजुरीमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको समेत नाम छ । त्यसो त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध समेत परेको छ ।
सशस्त्र द्वन्द्वका क्रममा राज्यद्वारा बेपत्ता पारिएका माओवादी नेता दण्डपाणि न्यौपानेका परिवारले मंगलबार पुलचोकस्थित आयोग कार्यालय पुगेर उजुरी गर्दा गराएका हुन् ।
चितवन निवासी न्यौपाने माओवादी द्वन्द्का क्रममा राज्यद्वारा बेपत्ता पारिएका वरिष्ठतम नेता हुन् । तत्कालिन नेकपा (माओवादी) का केन्द्रीय सदस्य न्यौपानेलाई प्रहरीले २०५६ साल जेठ सात गते राजधानीबाट पक्राउ गरेको थियो । हालसम्म उनको अवस्था अज्ञात छ ।
न्यौपाने पुत्र गोपालले आफ्ता पिता बेपत्ता पार्ने कार्यमा संलग्न व्यक्तिहरु उपर हदैसम्म कारबाही माग गरेर उजुरी दिइएको बताए । उजुरीमा चितवनकै सीता अधिकारी र मित्रलाल पौडेल साक्षी छन् ।
को–कोविरुद्ध पर्यो उजुरी ?
न्यौपाने परिवारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरु स्वर्गीय गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई, शेरबहादुर देउवा, पूर्वगृहमन्त्रीहरु गोविन्दराज जोशी, पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, कमल थापा, बामदेव गौतमविरुद्ध उजुरी दिएको छ ।
त्यसबाहेक गृहसचिवहरु पदमप्रसाद पोखरेल, श्रीकान्त रेग्मी, विजयराज भट्टराई, टिकदत्त निरौला, अनन्तराज पाण्डे, चण्डीप्रसाद श्रेष्ठ, बालकृष्ण प्रसाई र उमेश प्रसाद मैनालीविरुद्ध पनि उजुरी परेको छ । प्रहरी महानिरीक्षकहरु अच्युतकृष्ण खरेल, श्यामभक्त थापा र प्रदीप शमसेर जवरा विरुद्ध पनि उजुरी छ ।
तत्कालीन काठमाण्डुका प्रमुख जिल्ला अधिकारी उषा नेपाल, काठमाण्डु प्रहरी प्रमुख भरतबहादुर जिसीप् र २ नम्बर गणका प्रमुख चुणाबहादुर श्रेष्ठको नाम पनि बेपत्ता पार्नेमा छ ।

0 Comments