Ticker

6/recent/ticker-posts

पहिरोले घर पुरिँदा ८ जनाको ज्यान गयो

प्युठान, २१ असार । केहीदिन यता परेको वर्षासँगै गएराति प्युठानमा पहिरोले घर पुरिँदा ८ जनाको मृत्यु भएको छ ।
 पहिरोले रजबारा ३ नेटा बस्ने दुर्गा बहादुर मल्लको घर पुरिदा सुतिरहेका ५ जनाको मृत्यू भएको हो । मृत्यू हुनेमा वर्ष ४१ का दुर्गा बहादुर मल्ल, उनको ३७ वर्षीय श्रीमति सीता मल्ल, १० वर्षीय छोरी शुशिला मल्ल, ४ वर्षीय छोरी सृजना मल्ल र २ वर्षीय छोरी लेखा मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठान प्रमुख रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।
त्यस्तै, पुजा गाविस ३ मा पनि हुमबहादुर सुनारको घर भत्किँदा ३ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा हुमबहादुर सुनार उनको श्रीमति खसी सुनार र सात वर्षीय छोरी सीमा सुनारको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

Post a Comment

0 Comments