काठमाडौं, । प्रमुख सत्ता साझेदार दल माओवादी केन्द्रले आफ्नो समर्थन फिर्ता लिएपछि सरकारको नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ । कांग्रेस र माओवादी केन्द्र बिच बहुमतिय सरकार गठन हुने र अहिलेको ओली सरकार परिवर्तन हुने चर्चा जताततै व्याप्त छ । यसै सन्दर्भमा संविधानविद डा. भीमार्जुन आचार्यले अन्तरिम संविधानबाट बनेको नेकपा एमाले नेतृत्वको यो सरकार कुनै पनि हालतमा परिवर्तन हुनै नसक्ने बताएका छन् ।
इमेज च्यानलको अलग धार कार्यक्रमले लिएको एक अन्तर्वार्तामा उनले दलहरुले संविधान बनाउँदा विभिन्न जटिल व्यवस्थाहरु गरेको भन्दै ती व्यवस्थाहरु टेकेर पनि सरकार परिवर्तन हुन नसक्ने ठोकुवा गरे । उनले भने, ‘प्रतिनिधि सभा गठन नभएसम्म सरकार परिवर्तन हुन सक्दैन् ।’ओली सरकारलाई अविश्वासको प्रस्ताव ल्याएर हटाएता पनि अर्को सरकार गठन गर्ने प्रावधान नै संविधानमा नरहेको संविधानविदले बताएका छन् ।
भिडियो साभार :ईमेज च्यानल

0 Comments