काठमाडौं, साउन । नेपाल विद्यार्थी संघको नेतृत्वमा पुग्न चाहने विद्यार्थी नेताहरु अहिले दौड धुपमा व्यस्त छन् । नेविसंघको ११ औं महाधिवेशनलाई लक्षित गरी उनीहरुले विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छन् ।
हालै नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्य समितिले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना ग¥यो । साउन–१५ मा भएको उक्त कार्यक्रममा नेविसंघका विद्यार्थीहरु उपस्थित रहेका थिए ।
कार्यक्रममा ११ औं महाधिवेशनसको सफलताको शुभकामना व्यक्त गर्दै काठमाडौं जिल्ला अध्यक्ष एवम् मनोज वैद्यले जसरी पनि अहिले महाधिवेशन सफल पार्नुपर्ने आवश्यकता रहेको औल्याए । अध्यक्ष वैद्यले आसन्न महाधिवेशनका लागि महामन्त्रीको उम्मेदवार समेत हुन् । उनले महाधिवेशनका लागि काठमाडौं आएका प्रतिनिधि तथा उम्मेदवारी घोषणा गरेको उम्मेदवारबीच परिचय गराउन समेत कार्यक्रमको आयोजना गरेको जानकारी दिए ।
उलने यस्ता कार्यक्रमले नेबिसंघमा रहेको गुटउपगुट कारण उत्पन्न हुने मतभेत अन्त्य हुने विश्वास व्यक्त गरे । उनले गुट उपगुतको अन्त्य गरी महाधिवेशनले एकताको सन्देश दिनेपर्ने तर्क राखे । लामो समय महाधिवेशन हुन नसक्दा विद्यार्थी संगठन कमजोर बन्दै गएको यथार्थलाई चित्रण गर्दै नेपाली कांग्रेस नै यस विषयमा गम्भीर हुनपर्ने तर्क राखे ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङ्ग तथा नेविसंघका पूर्व अध्यक्ष केशब सिंह, महेन्द« शर्मा लगायको उपस्थिति रहेको थियो । नेविसंघको ११ अधिवेशनका लागि अध्यक्षको उम्मेदवारी घोषणा गरेका विद्यार्थी नेताहरु दिपक भट्टराई, निलकण्ठ रिजाल, आन्नद त्रिपाठी, महिला नेतृहरु कृष्णकुमारी बस्नेत, उर्मिला अर्याल समेतको उपस्थिती रहेको थियो ।

0 Comments