Ticker

6/recent/ticker-posts

कांग्रेसले पनि डाक्यो आकस्मिक बैठक

काठमाडौं ।  नेकपा माओवादी केन्द्र वर्तमान सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बदलिँदो राजनीतिक परिस्थितिबारे छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय कार्य समितिको बैठक बोलाएको हो । कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार विहानका लागि बोलाइएको कांग्रेस कार्यालय सानेपाले जनाएको छ ।

माओवादीले सरकारको साथ छाडेपछि अल्पमतमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिए के गर्ने भन्नेबारेमा केन्द्रीय समिति बैठकमा छलफल हुने कांग्रेस नेताहरुले बताए । बैठकले नयाँ संविधान अनुसार सञ्चालन गर्नुपर्ने स्थानीय, प्रादेशिक र संसदीय निर्वाचनको नेतृत्व, सत्ता साझेदारीमा आफ्नो स्थान र माओवादीसँगको नयाँ समीकरणबारे वृहत छलफल हुने बुढानिलकण्ठ स्रोतले जानकारी दिएको छ ।
यता सरकारमा रहेको एमालेले भने मंगलबार बेलुकी बैठक बोलाएको छ । उसले अब सरकारबाट राजिनामा दिने कि संसदबाट मत बटुल्ने भन्ने विषयमा छलफल गर्ने बुझिएको छ ।

Post a Comment

0 Comments