काठमाडौं । नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारबाट बाहिरिएसँगै नयाँ सरकार गठनको चर्चा चुलिएको छ । अबको प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड कि शेरबहादुर देउवा भन्ने विषयले राजनीतिक वृत्तमा चर्चा पाएको छ ।
यस अघि बैशाखे सत्ता उलटपुलट खेलमा प्रचण्डले २४ घण्टा नवित्दै कांग्रेसलाई लोप्पा खुवाएपछि कांग्रेस र माओवादीबीचको राजनीति विश्वासमा दरार आएको थियो । पछिल्लो पटक संसदमा बजेट पारित गर्ने सन्दर्भमा समेत सत्ता बाँडफाँडले अनौपचारिक रुपमा प्रवेश पाएको थियो ।
ढल्नै लागेको ओली सरकार जगाएका राजनीतिका माहिर खेलाडी प्रचण्डले ओलीको अनुनय बमोजिम सरकारलाई असार १५ गतेसम्मका लागि जीवन बुटी प्रदान गरेको माओवादी केन्द्रका नेता वर्षमान पुनले घुमाउरो पारामा सार्वजनिक गर्दै आएका थिए । सरकार गिराउने खेल चलिरहेको सूचना चुहाउँदै हिड्ने माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पुन, माओवादीले कांग्रेससँग संवाद गर्न गठन गरेको कार्यदलका दोस्रो बरियताक्रमका नेताका हुन् ।
कांग्रेसकै नेतृत्वमा सरकार हुनुपर्छ भन्दै कतिपय माओवादी केन्द्रका नेताहरुले सार्वजनिक रुपमा बोल्दै हिड्दा कांग्रेसले भने गत बैशाखमा राजनीतिक रुपमा निकै अभ्यास गरिएको ड्राफ्टलाई अन्तिममा कार्यान्वयन नगरेपछि बर्तमान सरकारबाट माओेवादीले औपचारिकरुपमा बाहिरिए पछि मात्रै नयाँ सरकारका विषयमा वार्ता गर्ने अडान कांग्रेसले पटक–पटक राख्दै आएको थियो । स्वयं सभापति देउवाले प्रचण्डलाई आफ्नो अडान दोहो¥याउँदै पहिले सरकारबाट बाहिरिएपछि मात्र संवादका लागि आउन आग्रह गरेपछि माओवादीले यो कदम चालेको हो ।
गत बैशाखमा नयाँ सरकारबोर फितलो खेल खेलेको कांग्रेसलाई अहिले भने निकै परिपक्व रुपमा अघि बढेको राजनीतिक वृत्तमा चर्चा छ । नेतृत्व जस्को भए पनि वर्तमान सरकारलाई घर को न घाटको बनाउन कांग्रेसको अडान नै महत्वपूर्ण कडी रहेको देखिन्छ । विश्लेषकहरुले भन्ने गरेका छन् बैशाखमा माओवादीले धोका नदिएको भए प्रचण्डको नेतृत्वमा कांग्रेस सरकारमा प्रवेश गर्दथ्यो । प्रधानमन्त्री बाहेक सामरिक महत्व र मालदार मन्त्रालयमा कांग्रेसको हालीमुहाली हुन्थ्यो । तर, त्यसबेला प्रचण्डले कच्चा खेल मात्र होइन कांग्रेसलाई उकासेर राजनीतिक बेइमान गरेको कारण अहिले सरकारको नेतृत्व कांग्रेसले नै लिने धेरैको विश्वास छ ।
यद्यपि कांग्रेस नेतृत्वमा हुने सरकार गठनमा माओवादीले ठूलो संख्यामा मन्त्रालय ताक्ने निश्चित छ । अझ रोचक कुरा त कतिपयले झोलामा चलाइरहेका भनिएका साना दलका नेताहरुले ठूलो मन्त्रालय ताक्नेसम्मको कुरालाई असामान्यरुपमा लिन नहुने अवस्था समेत सिर्जना भएको विश्लेषण गरिन्छ ।
नेपाली कांग्रेस मुलुकको सबैभन्दा ठूलो पार्टी हो र ठूलो दलले सरकारको नेतृत्वको दाबी गर्नु स्वाभाविक हो, जुन अहिले पनि कांग्रेसका नेताहरुले गरिरहेका छन् । अहिले कांग्रेस पहिलो र माओवादी तेस्रो स्थानमा छन् । यस्तो बेलामा एमाले बाहिरै बसेर नेपाली कांग्रेसलाई साथ र समर्थन गर्ने सम्भावना पनि छ ।
अर्को बहुमतीय सरकार के का लागि र किन भन्ने प्रश्नको स्पष्ट जवाफ माओवादीसित छैन । ओली सरकारका गृह, आपूर्ति, उर्जा, सामान्य प्रशासन जस्ता ८ वटा महत्वपूर्ण मन्त्रालय माओवादीका हातमा र ओली सरकारको उच्च संयन्त्रमा प्रचण्ड स्वयं विराजमान हुँदा हुँदै माओवादी आफैले ओली सरकार ढालेका कारण कांग्रेसले भोलि आफूसित पनि माओवादीले यस्तै गर्न सक्छ भन्ने आशंका गरेको देखिन्छ । त्यसैले नयाँ सरकारको निर्माणमा एमालेको भूमिकालाई पनि कम आक्न नसकिने विश्लेषण छ । खास गरेर एमालेले कांग्रेससँगको भन्दा माओवादीसँगको रिस फेर्ने सम्भावना बढी देखिन्छ ।
खास गरेर संसदीय चुनाव र स्थानीय चुनावलाई लक्षित गरी कांग्रेस र माओवादीले आलोपालो नेतृत्व गर्ने भद्रसहमति भइसकेको बुझिएको छ । स्थानीय निकाय निर्वाचन गर्ने गरी तत्तका प्रचण्ड नेतृत्वको सरकार र संसदीय चुनावको नेतृत्व गर्ने गरी देउवा नेतृत्वको सरकार गठन गरिने सहमति भइसकेको स्रोतको दाबी छ ।

0 Comments