काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारको साथ छाडेपछि प्रधानमन्त्री केपी ओलीमात्र होइन, नेपाललाई आत्मनिर्भर भएको हेर्न चाहने अधिकांश नेपाली जनता विरक्तिएका छन् । छोटो कार्यकालमै केही ऐतिहासिक कदम चालेको प्रधानमन्त्री ओलीले मुलुकमा राष्ट्रवादी नेताको छवि बनाएका छन् । उनले भारतको अघोषित नाकाबन्दीकै क्रममा सत्ता सम्हाले भने सोही संकटबाट आफ्नो छविलाई राष्ट्रवादी नेताका रुपमा विकसित पनि गरे ।
सरकारका लागि चाहिने कोरम नपुग्ने अवस्था देख्दा देख्दै पनि प्रधानमन्त्री ओली आफूले राजिनामा नदिने अडान जारी राखेका छन् । मंगलबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दललको बैठकले पनि ओलीले प्रधानमन्त्री पद नछाड्ने निष्कर्ष निकालेको छ । यता सरकारबाट बाहिरिएको माओवादी र नेपाली कांग्रेसले सरकार गठनका लागि भावि योजना बुनिरहँदा ओलीले प्रधानमन्त्रीकालमा गरेको कामको समिक्षा गर्नु कता हो कता उनले नैतिकताको आधारमा पनि राजिनामा दिनुपर्ने जनाएका छन् ।
प्रधानमन्त्री ओलीले अघोषित नाकाबन्दीको समयमा नेपाली जनताले झेलेको दुःखमा मल्हम लगाउने काम गरेको बिर्सिएका छन् । प्रधानमन्त्री ओलीले चीनसँगको सम्बन्ध विस्तार गरी भारतले चरम नाकाबन्दीको अवस्थामा चीनबाट पेट्रोल ल्याउने वातावरण तयार पार्नु चानुचुने विषय होइन ।
त्यस्तै, अफगानिस्तानमा आत्मघाती हमलामा ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याउन पहल गर्नु पनि उनको कार्यकालको महत्वपूर्ण उपलब्धि हो । तर, उनका यस्ता कार्यलाई अहिले केही दल र तिनका नेताले सत्ता स्वार्थमा बिर्सिएका छन् । संविधान कार्यान्वयन गरी मुलुकलाई आर्थिक समृद्धिको बाटोमा लैजाने समयमा मुलुकमा फेरि सरकार परिवर्तनको खेल उत्कर्षमा पु¥याइएको छ ।
सरकार परिवर्तनबाट केही दल र केही नेताको स्वार्थ पुरा हुने भए पनि अन्नतः नेपाललाई स्वाभिमान र आत्मनिर्भर भएको हेर्न चाहने नेपाली जनताको त्यो स्वार्थ भने ओलीको वहिर्गमनसँगै थन्किने भएको छ ।

0 Comments