Ticker

6/recent/ticker-posts

माओवादी केन्द्रको निर्णयले ८ मन्त्रीले मन्त्रालय छाडे

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिए सँगै माओवादीको तर्फबाट सरकारमा सहभागि मन्त्रीहरु फिर्ता भएका छन् ।

मन्त्रालयका उच्च पदस्थ कर्मचारिहरुलाई आफ्नो कार्यकक्षमा बोलाएर आफ्नो कार्यकालमा भएका काम कारबाहीहरुको समिक्षा गर्दै कर्मचारिसँग बिदा हुँदै उनीहरु फिर्ता भएका हुन । माओवादीको तर्फबाट ८ जना मन्त्रीहरु ओली नेतृत्वको सरकारमा सहभागि भएका थिए ।

एमालेसँग भएको नौबुँदे सहमति र तीनबुँदे भद्र सहमति कार्यान्वयन गर्न वर्तमान सरकारले कार्यान्वयन गर्न तयार नभएको भन्दै सरकारलाई दिइएको समर्थन फिर्ता लिएपछि एमाओवादीको तर्फबाट सरकारमा सहभागि मन्त्रीहरु आज सरकारबाट फिर्ता भएका हुन ।

Post a Comment

0 Comments