Ticker

6/recent/ticker-posts

वेब होस्टिंग कम्पनि चयन गर्ने

तपाइँलाई लाग्न सक्छ नाम दर्ता गरे, साइट पनि बनाइसके अब यो होस्टिंग कम्पनि नभए हुदैन र? तपाइँले यदि मर्कन्टाइलमा डोमेन दर्ता गर्न जानु भयो भने उनीहरुले तपाइँलाई शुरुमै DNS माग्ने गर्छन ।

 तपाइँलाई लाग्न सक्छ अब यो DNS भन्ने जन्तु कहाँ बाट ल्याउनु? यस्को लागि तपाइँले कुनै होस्टिंग कम्पनि सँग वेब स्पेस किन्नु पर्ने हुन्छ । अझै पनि तपाइँलाई लागिरहेको होला यो चाहिन्छ किन? DNS को काम भनेको तपाइको डोमेन नेमलाई IP Address मा बदल्ने हो ।

कम्प्युटरले तपाइँको डोमेनलाई चिन्दैन यसको लागि आईपी नै चाहिन्छ र हामीलाई लामो आइपी सम्झनु गाह्रो हुन्छ । त्यसैको लागि DNS को आबश्यकता पर्दछ । र अब कुरा आयो वेब स्पेस किन किन्नु पर्ने? तपाइँले बनाउनु भएको वेबसाइट लाई यस्तो ठाउँमा राख्नु पर्ने हुन्छ जुन विश्वको जुनसुकै कुना बाट खोल्दा पनि भेटियोस, जुन काम तपाइँको घरको ल्यापटप वा पिसीले गर्न सक्दैनन ।

 त्यसकोलागी २४ घण्टा नै इन्टरनेट कनेक्सन भएको भरपर्दो र सुरक्षित स्थानमा राख्नु पर्ने हुन्छ, जसलाई वेब सर्भर भानिन्छ । त्यही वेब सर्वरको हार्ड डिस्कको एउटा कुनामा तपाइँको फाइल राख्नका लागि कम्पनिहरुले पैसा लिने गर्दछन । अब कति पैसा लाग्छ भन्ने कुरा तपाईलाई चाहिने स्पेस, सुबिधा र यसलाई उपलब्ध गराउने कम्पनिहरुमा निर्भर गर्दछ ।

जुन नेपाली बजारमा १००० देखि उपलब्ध हुन्छ । केहि नेपाली ठुला कम्पनिहरु मर्कन्टाइल, वोर्ल्ड लिंक, इ-नेटहरुको आफ्नै वेब सर्भर पनि छ, तर अन्य कम्पनीहरुले बिदेशी कम्पनीहरुको स्पेस लिएर यहाँ बेच्ने गर्दछन । तपाइँले पनि सिधै godaddy.com, networksoultions.com justhost.com, rackspace.com जस्ता चर्चित अनलाइन साइटहरुबाट किन्न सक्नुहुन्छ ।

Post a Comment

0 Comments